logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सको भारत निर्यात ४७ प्रतिशत बढ्यो, ९ महिनामा ११ अर्ब स्टिल व्यापार

    बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सको भारत निर्यात ४७ प्रतिशत बढ्यो, ९ महिनामा ११ अर्ब स्टिल व्यापार

    1K
    Shares
    बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सको भारत निर्यात ४७ प्रतिशत बढ्यो, ९ महिनामा ११ अर्ब स्टिल व्यापार

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको भारतमा जस्ता र डण्डीलगायत निर्माण सामाग्रीको निर्यात ४७ प्रतिशत बढेको छ ।

    गत वर्ष आरती स्ट्रिप्सले ६ अर्ब ६३ करोड ३० लाख रुपैयाँको ग्याल्भनाइज्ड जस्तापाता र टिएमटी बार भारतमा निर्यात गरेको छ । अघिल्लो वर्ष २ अर्ब ९७ करोड ३० लाख रुपैयाँको निर्यात गरेको थियो ।

    एक वर्षमा आरतीको निर्यात व्यापार ३ अर्ब ६६ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
    भारतमा ग्याल्भनाइज्ड जस्ताको माग बढेपछि निर्यातमा सुधार आएको उद्योगले जनाएको छ ।

    गत वर्ष उद्योगको उत्पादन १९ प्रतिशत बढेर १ लाख ९ हजार ६४ टन पुगेको छ । अघिल्लो वर्ष उद्योगले ९२ हजार २ सय २७ टन उत्पादन गरेको थियो ।

    कोल्ड रोलिङ मिल (सीआरएम) को विस्तारले उत्पादन क्षमता बढ्नुका साथै भारततर्फको निर्यात वृद्धि भएको हो ।

    गत वर्ष आरतीले १४ अर्ब १२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ को ९ महिनामा उद्योगले ११ अर्ब रुपैयाँ व्यापार गरेको छ ।

    उद्योगले २०२२ मा १४ अर्ब २७ करोड ३० लाख रुपैयाँको जस्ता र ब्ल्याक पाइपलगायत अन्य निर्माण सामाग्री व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको आम्दानी १ प्रतिशत घटेको छ । उद्योगले २०२१ मा १३ अर्ब ६१ करोड ७० लाखको कारोबार गरेको थियो ।

    यस्तै २०२० मा आरतीको जस्ता व्यापार १२ अर्ब ३२ करोड रुपैयाँ थियो । उद्योगको वित्तीय विवरण हेर्दा उद्योगको वर्षेनि कारोबार बढ्दै गएको देखिएको छ । उद्योगको मार्जिन बढेर १५.२४ प्रतिशत पुगेको छ । यसअघि मार्जिन ११.७१ प्रतिशत मात्र थियो ।

    आरतीको ऋण ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ छ । दीर्धकालिन ऋण ३ अर्ब ४३ करोड र अल्पकालिन ८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ छ ।

    ब्याकवर्ड इन्टिग्रेटेड ग्याल्भाल्युमकोे इकाइले भारतमा निर्यातको सम्भावना पनि खोल्ने भएको छ । यस्तै उद्योगको दोस्रो सीआरएम प्लान्टको ब्याकवर्ड इन्टिग्रेसन पूर्ण रूपमा सञ्चालनमा रहेकाले मध्यम अवधिमा उद्योगको नाफामा सुधार आउने सम्भावना छ ।

    यसअघि आरतीले क्वाइल भारत र चीनबाट आयात गर्दै आएको थियो । आफैले उत्पादन थालेपछि यसको आयात बन्द भएको उद्योगले जनाएको छ ।

    उद्योग कोल्ड रोल्ड स्टिलमा आत्मनिर्भर भएको छ । यसले भारतमा निर्यातका लागि पनि बाटो खुलाएको आरतीले जनाएको छ ।

    घरेलु माग सुस्त भएको उद्योगको व्यापारमा असर गर्ने देखिएको छ । ग्याल्भाल्युमको इकाइको स्थापित क्षमता ८० हजारबाट बढाएर १ लाख ६० हजार टन पुगेको छ ।

    यसबाहेक उद्योगले कोल्ड रोलिङ मिलको स्थापित क्षमता बढाउन अर्को ब्याकवर्ड एकीकरण गरेको छ । यसैगरी आरतीको सिआरएम इकाइ क्षमता बढेर २ लाख २५ हजार टन पुग्ने भएको छ । अहिले यसको क्षमता डेढ लाख टन मात्र छ ।

    नयाँ प्लान्ट यो वर्षको अन्त्यसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसको लागत २ अर्ब १५ करोड रुपैयाँ छ । भारतबाट सिआर कोइल आयातमा निर्भरता कम गर्न यो प्लान्ट विस्तार गरिएको आरतीले जनाएको छ ।

    एएसपीएलसँग गाल्भनाइज्ड र कलर लेपित जस्ता निर्माणमा १८ वर्ष भन्दा बढी उत्पादन गरेको रेकर्ड छ । ८ वर्ष भन्दा बढीको लागि एमएस कालो पाइपहरू निर्माण गर्दै आएको छ । कम्पनी चार भारतीय लगानीमा प्रवद्र्धन गरिएको हो ।

    सन् २००१ मा भारतीय लगानीमा आरती स्ट्रिप्स स्थापना भएको हो । उद्योगमा विभिन्न ४ भारतीय कम्पनीहरुको लगानी छ । उद्योगले आरती सुरक्षाअन्तर्गत एमएस पाइप, आरती स्पेक्ट्रा ब्राण्डमा रंगिन जस्तापाता उत्पादन गर्दै आएको छ ।

    यस्तै आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा टीएमटी बार आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा र ग्याल्भनाइजड सिट आरती सिल्भर ब्रान्डमा बिक्रीवितरण हुँदै आएको छ ।

    उद्योगको उत्पादन क्षमता वार्षिक ३ लाख ८१ हजार टन रहेको छ । उद्योगले भारतमा जस्तापाता निर्यात गर्दै आएको छ । उद्योगको नेपालभर २०० डिलर रहेका छन् । आरतीको कारखाना मोरङको विराटनगरमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend