logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • १ अर्ब ३२ करोडमा पोखरामा तीन तारे होटल बन्दै, ‘होलिडे इन एक्सप्रेस’ ब्राण्डमा सञ्चालन हुने

    १ अर्ब ३२ करोडमा पोखरामा तीन तारे होटल बन्दै, ‘होलिडे इन एक्सप्रेस’ ब्राण्डमा सञ्चालन हुने

    4.7K
    Shares
    १ अर्ब ३२ करोडमा पोखरामा तीन तारे होटल बन्दै, ‘होलिडे इन एक्सप्रेस’ ब्राण्डमा सञ्चालन हुने

    काठमाडौं । पर्यटकीय राजधानी पोखरामा निजी लगानीमा तीन तारे होटल स्वर्णिमको निर्माण भइरहेको छ ।

    होटल स्वर्णिमको व्यवस्थापन इन्टरनेसनल कन्टिनेन्टल होटल्स ग्रुप (आएएचजी) ले होलिडे इन एक्सप्रेस ब्राण्डमा सञ्चालन गर्ने भएको छ ।

    आइएचजी ब्रिटिस मल्टिनेसनल हस्पिटालिटी कम्पनी हो । आइएचजीले नेपालमा निर्मााणाधीन धेरै होटलको व्यवस्थापन हेर्दै छ । होलिडे इन एक्सप्रेस ब्रान्ड, विश्वभरको तीन तारे होटल चेन हो ।

    अहिले होटल निर्माण भइरहेको छ । होटल एक वर्षपछि आगामी सन् २०२५ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । अहिलेसम्म ५० प्रतिशत वित्तीय प्रगति भएको होटलले जनाएको छ । निर्माणाधीन होटलमा ९० कोठाहरु हुने छन् ।

    होटल पूर्वाधार बनाउन १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिकोठा लागत १ करोड ५० लाख रुपैयाँ हुने देखिएको छ ।

    ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत संस्थापक हुने गरी लगानी संरचना बनाइएको छ । स्वर्णिमले ९९ करोड ऋणको रेटिङ गराएको छ ।

    अधिकांश सिभिल कार्यहरू सम्पन्न भए पनि मेकानिकलको काम जारी रहेको होटलले जनाएको छ । इलेक्ट्रिकल र प्लम्बिङका साथै फिनिसिङ कार्यहरू जारी रहेका छन् ।

    पोखराको लेकसाइडमा होटलहरुको संख्या धेरै छ । यस क्षेत्रमा होटलहरुबीच कडा प्रतिस्पर्धा छ ।

    देशको प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा रहेको होटल परियोजनाको अनुकूल स्थान हो । यसले होटलको बिजनेस बढाउने अपेक्षा गरिएको छ ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि निजी क्षेत्रबाट होटलमा अर्बौं रुपैयाँ लगानी भएको छ ।

    कोरोना महामारीका कारण भ्रमण वर्ष रद्ध भएको थियो । अहिले राजधानी काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज, नारायणघाट र विराटनगरमा धेरै तारे होटलहरु सञ्चालनमा आउने तयारीमा छन् ।

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend