logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • इरानमा नयाँ राष्ट्रपतिका लागि पेजेस्कियान र जलिलीबीच प्रतिष्पर्धा हुने

    इरानमा नयाँ राष्ट्रपतिका लागि पेजेस्कियान र जलिलीबीच प्रतिष्पर्धा हुने

    777
    Shares
    इरानमा नयाँ राष्ट्रपतिका लागि पेजेस्कियान र जलिलीबीच प्रतिष्पर्धा हुने

    काठमाडौँ । इरानको चुनाव मुख्यालयका अनुसार १४ औं इरानी राष्ट्रपतिका लागि पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियान र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा अग्रस्थानमा रहेका दुई बीच प्रतिष्पर्धा हुने भएको हो ।

    कसैले पनि ५० प्रतिशत मतको न्युनतम थ्रेसहोल्ड प्राप्त गर्न सकेनन् । अर्को शुक्रवार दुईबीच प्रतिष्पर्धा हुनेछ । इरानको निर्वाचन मुख्यालयका प्रवक्ता मोहसेन इस्लामीले मतदानमा ४० प्रतिशत मतदान भएको बताए । पेजेस्कियानले १ करोड ४१ लाख ५ हजार ९९१ मत प्राप्त गरे ।

    जुन कुल गणनाको ४२ प्रतिशत भन्दा बढी हो । जबकि जलिलीले ९४ लाख ७३ हजार २९८ मत प्राप्त गरे । यो ३८ प्रतिशत भन्दा बढी हो । संसदका सभामुख मोहम्मद बाकेर कालिबाफले ३३ लाख ८३ हजार ३४० अर्थात १३.८ प्रतिशत र पूर्वगृहमन्त्री तथा न्यायमन्त्री मोस्तफा पौरमोहम्मदीले २ लाख ६ हजार ३९७ अर्थात ०.८ प्रतिशत मत प्राप्त गरे ।

    राष्ट्रपति पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्नेछ । रन–अफको लागि जसले धेरै भोटहरू प्राप्त गर्दछ उसले जितको दाबी गर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend