एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लामा स्कुल बस खाल्डोमा खस्दा एक बालकको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् । रेस्क्यू ११२२ का प्रवक्ता शफिका गुलले एक बालबालिकालाई विद्यालयबाट घर लैजाँदै गरेको बस जिल्लाको ख्वाजाखेला क्षेत्रको असला क्षेत्रमा दुर्घटनामा परेको बताए ।
स्थानीय, प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अस्पतालका चिकित्सकहरुले आशंका गरेका छन् । जिल्ला प्रहरी अधिकृत स्वात जाहिदुल्लाहले स्थानीय सञ्चारमाध्यमलाई साँघुरो सडकमा लापरवाही गर्दा दुर्घटना भएको बताए ।
७० वर्षीय चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ । घटनाको तत्काल अनुसन्धान थालिएको र बसबाट हामफालेर भाग्ने विद्यालय व्यवस्थापन र चालकलाई कडा कारबाही गरिने प्रहरी अधिकारीले बताएका छन् ।