logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिन्छ : सभामुख घिमिरे

    संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिन्छ : सभामुख घिमिरे

    343
    Shares
    संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिन्छ : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् । आईतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तोबताएका हुन् ।

    उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताए । संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताए । उनले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । उनले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ की सक्दैन ? भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए ।

    उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताए । उनले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताए ।

    उनले भने, ‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्नेकुरा निर्धारण हुन्छ र संसद कति स्थापित भएर जान्छ । जनताको हृदयमा यसलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भुमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।

    यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद छ । हामी निर्वाचित सांसदहरु समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढंगबाट आएपनि मुलतः दलीय आधारमा हामी आएका छाैँ । यही थोरै तिनैमात्रै हामी स्वतन्त्र ढंगले आएपनि, आम रुपबाट दलीय आधारमा छौँ । दलको व्यवहारप्रतिको चिन्ता कस्तो छ । सांसदको भुमिकालाई कानून निर्माणमा होस्, सरकार निर्माणमा होस् वा संसदले बनाएको कानूनको आधारमा सरकार सञ्चालन गर्ने रुपमा होस् ।’

    सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कुटनीतिलाई ठिक ढंगबाट निक्र्यौल गर्ने, विश्वव्यापी रुपमा कुटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend