logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ’

    ‘महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ’

    224
    Shares
    ‘महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ’

    काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्न माग गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

    उनले महिला उत्थान कार्यक्रममा खर्च भएको तर कार्यक्रमिक पहुँच नरहेको र पालिकाहरुकसँगको समन्वय हुन नसकेको भन्दै पुनःस्थापित गर्न आग्रह गरे । उनले बालमन्दिरको जग्गाको खोजी गर्न आग्रह गरे । उनले बाल मन्दिर ध्वस्त भएको भन्दै सम्पती सबै खोजेर व्यवस्थित गर्न आग्रह गरे । उनले सडक बालबालिकाको उपयुक्त पुनःस्थापनालाई फेरि नयाँ सिराबाट अघि बढाउन आग्रह गरे ।

    उनले भने, ‘महिला उत्थान कार्यक्रम खर्च भयो तर कार्यक्रमिक पहुँच नरहेको पालिकाहरुकसँगको समन्वय हुन सकेको छैन । त्यसलाई फेरि पुनःस्थापित गरेर जानुपर्छ । बालमन्दिरको जग्गाको खोजी हुनुपर्यो । बाल मन्दिर ध्वस्त भएको छ, त्यसको जग्गा, त्यसका सम्पती, सबै खोजेर त्यसलाई व्यवस्थित गर्नुपर्छ । सडक बालबालिकाको उपयुक्त पुनःस्थापनालाई फेरि नयाँ सिराले जानुपर्छ ।

    बालबालिका खोजतलास सेवा टोल फ्रि नम्बर १०४, त्यो म आफैँ मन्त्री भएको बेलामा कार्यान्वयन गराएको थिएँ । त्यहाँ अहिले बेथिति भइरहेको अवस्था छ । अब बालबालिकाको पुनःस्थापना भन्नेकुरा त्यसरी हराएर रहेका बच्चाहरु अनाथ बच्चालाई पालिकस्तरमै गर्न पाए व्यवस्थित हुन्छ ।’

    उनले संघीयताको मर्मअनुसार कार्यक्रमहरु बनाउन सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend