logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बाल यौन दुराचार गरेको कसूरमा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

    बाल यौन दुराचार गरेको कसूरमा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

    644
    Shares
    बाल यौन दुराचार गरेको कसूरमा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

    काठमाडौँ । तपश्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

    जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई यस्तो फैसला सुनाएको हो ।

    १० असारमा दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको हो ।

    बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend