logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गिरिजाप्रसादलाई स्मरण गर्दै नेताहरुले भने : शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

    गिरिजाप्रसादलाई स्मरण गर्दै नेताहरुले भने : शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

    518
    Shares
    गिरिजाप्रसादलाई स्मरण गर्दै नेताहरुले भने : शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रमाम बोल्दै उनले सो कुरा बताएका हुन् ।

    नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोईरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई दवाव दिए ।

    नेता सिटौलाले भने,‘सत्य निरुपण तथा वेपत्ता छानविन आयोग, त्यो सम्बन्धि कानूनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन । पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौं । हामीले आजको दिनमा कमिटमेन्ट गर्नु पर्छ–द्वन्द्व पीडितलाई न्याय दिनेगरी काम गर्छौं । ’

    नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोईरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूरा गर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाई गर्न नहुने बताए ।

    उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए । अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गन पनि दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।

    उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिवद्धता गरौं भन्न मेरा पनि आग्रह छ । संयोगले प्रमुख दलहरुले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ ।

    मत सरकार पनि छैन । तर त्यो शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ । यसलाई हामीले किन हल्का रुपमा लिएका छौ ? कोईरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईहरुको काँधमा छ भन्नु एको थियो । तर त्यो अझै पूरा हुन सकेको छैन । त्यसलाई तत्काल पूरा गर्नु पर्छ । ’

    अध्यक्ष भट्टराईले सहमती, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा शुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरु एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend