logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कृषि मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौं : सचिव खराल

    कृषि मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौं : सचिव खराल

    399
    Shares
    कृषि मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौं : सचिव खराल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिव ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन् ।

    प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा बोल्दै सचिव खरालले यस्तो बताएका हुन् ।

    उनले सरकारले किसानको पक्षमा कुनैपनि काम गरेन भने पनि कृषि मन्त्रालयमा विनियोजन भएको जम्मा बजेटको ७५ प्रतिशत बजेट किसान केन्द्रित अनुदानमा खर्च गर्ने गरेको दाबी गरे । उनले कृषि मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि साढे ५० अर्बको बजेट विनियोजन भएको मध्ये करिव साढे २८ अर्ब रुपैयाँ रासायनिक मल खरिदमा गएको बताए । उनले सरकारले डिएपी,पोटास र युरिया मलमा ६५ प्रतिशत अनुदान दिने गरेको बताए ।

    उनले सरकारले ६० रुपैयाँमा खरिद मूल्य पर्ने युरिया मलमा ४६ रुपैयाँ सरकारको र बाँकी किसानले हाल्ने गरेको बताए । उनले सरकारले मलमा मात्रै ६५ प्रतिशत अनुदान दिनु किसानको लागि ठूलो प्रोत्साहन भएको बताए । उनले कृषि मन्त्रालयमा छुट्याएको ५५ प्रतिशत बजेट सम्पूर्ण रुपमा अनुदानको रुपमा जाने गरेको बताए ।

    उनले मन्त्रालयको बजेटमा त्यसको अतिरिक्त कृषि धन र पशुधन बीमामा १ अर्ब गरिरहेकोमा अर्को वर्ष २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको पनि अनुदान नै भएको बताए । उनले किसानलाई राहत सहज दिने उद्देश्यले अनुदान छुट्याएको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रममा ३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा पनि औषतमा ५० प्रतिशत अनुदानमा जाने बताए । उनले किसानलाई सिंचाईमा दिने सुविधाहरु लगायत अन्य कुराहरुमा पनि अनुदानमा दिँदै आएको बताए । उनले कृषि मन्त्रालयको बजेटको ७५ प्रतिशत बजेट किसानलाई केन्द्रित गरेर अनुदान दिने गरेको दाबी गरे ।

    उनले भने, ‘कृषि मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि साढे ५० अर्बको बजेट विनियोजन भएको छ । त्यसमध्ये करिव साढे २८ अर्ब रुपैयाँ रासायनिक मल खरिदमा गएको छ । त्यो भनेको सबै अनुदान नै हो । मल खरिद गरेर ल्याएको रकमलाई अनुदान स्वरुप दिइन्छ । त्यसमा डिएपी,पोटास र युरिया मलमा ६५ प्रतिशत अनुदान पर्छ भने बाँकी किसानको पर्ने हो ।

    ६० रुपैयाँमा खरिद गरेर ल्याएको युरिया मल सरकारले ४६ रुपैयाँ हालेको हुन्छ भने बाँकी किसानले हालेको हुन्छ । त्यो ठूलो प्रोत्साहन गरेको हो । सरकारले कृषि मन्त्रालयमा छुट्याएको ५५ प्रतिशत बजेट सम्पूर्ण रुपमा अनुदानमा जान्छ । त्यसको अतिरिक्त कृषि धन र पशुधन बीमामा १ अर्ब गरिरहेकोमा अर्को वर्ष २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेका छौं । त्यो सबै अनुदान हो । किसानलाई राहत सहज होस् भनेर अनुदान छुट्याएको हो । मन्त्रालयको ६० प्रतिशत बजेट अनुदान दिएका छौँ । प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रममा ३ अर्ब रुपैयाँ विनियोजन गरेका छौं ।

    त्यसको पनि औषतमा ५० प्रतिशत अनुदानमा जान्छ । त्यो सरकारले किसानलाई राहत पु¥याउनको लागि दिएको हो । किसानलाई सिंचाईमा दिने सुविधाहरु लगायत अन्य कुराहरुमा पनि अनुदानमा दिएका छौं । यसरी हेर्दा कृषि मन्त्रालयको बजेटको ७५ प्रतिशत बजेट किसानलाई केन्द्रित गरेर अनुदान दिने गरेको छ । मन्त्रालयमा स्रोत हेर्दा केही पनि छैन ।

    मल किन्न चिनी किन्न उद्योग मन्त्रालयले रकम दिए जस्तै गरी दिने हो भने मन्त्रालयमा २२ अर्ब पनि बस्दैन । त्यसमध्ये १० अर्ब बाँकीमा प्रशासन,तलब भत्ता,सुविधा जान्छ । १० अर्बको कार्यत्रम हुन्छ । त्यसमा काम गर्न नसकेको हो । सरकारले दिएको अनुदान वास्तविक किसानसँग नपुगेको कुरा स्वीकार गर्दछौं ।’

    उनले सरकारले मल किन्न चिनी किन्न उद्योग मन्त्रालयले जस्तै रकम दिँदा मन्त्रालयमा २२ अर्ब पनि नबस्ने बताए । उनले भने त्यसमध्ये १० अर्बमा शासन,तलव भत्ता,सुविधा जाने भएपनि १० अर्बको कार्यत्रम प्रभावकारी गर्न नसकेको स्वीकार गरे । उनले सरकारले दिएको अनुदान वास्तविक किसानसँग नपुगेको कुरा भने सरकारले पनि स्वीकार गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend