logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ : शेखर कोइराला

    दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ : शेखर कोइराला

    1.1K
    Shares
    दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ : शेखर कोइराला

    पर्सा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरलाले प्रधानमन्त्री र मन्त्री कोे बन्ने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताए ।

    नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उनले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिए ।

    अब बन्ने कांग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, शङ्कर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेलेको भूमिकाबारे आ–आफ्नो विचार राखेका थिए ।

    वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनःनिर्माण गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend