logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आइपिओ ल्याउन लागेको सर्बोत्तम स्टिलको ६ महिनामा २ अर्ब ६३ करोड व्यापार

    आइपिओ ल्याउन लागेको सर्बोत्तम स्टिलको ६ महिनामा २ अर्ब ६३ करोड व्यापार

    581
    Shares
    आइपिओ ल्याउन लागेको सर्बोत्तम स्टिलको ६ महिनामा २ अर्ब ६३ करोड व्यापार

    काठमाडौं । सौरभ ग्रुपले सञ्चालन गरिरहेको सर्बोत्तम स्टिल लिमिटेडले ६ महिनामा २ अर्ब ६३ करोड ३० लाख रुपैयाँ व्यापार गरेको छ । ग्रुपले सर्वोत्तम स्टिलको साधारण सेयर (आइपिओ) निष्कासनको तयारी गरेको छ । छिट्टै आइपिओ निष्कासन गर्ने योजना उद्योगको छ । सर्वोत्तम स्टिलको प्रतिकित्ता १ सय रुपैयाँमा २५ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ ।

    २०२३ मा उद्योगले ७ अर्ब ५३ करोड ३० लाख रुपैयाँको स्टिल व्यापार गरेको थियो । यस्तै २०२२ मा उद्योगको स्टिल व्यापार वार्षिक ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ भएको सर्बोत्तमले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । उच्च ब्याज खर्चका कारण उद्योगले सञ्चालनको दुई वर्ष नोक्सान ब्योहरेको थियो ।

    सर्बोत्तमको स्टिल व्यापार कम हुँदै गएको देखिएको छ । बिलेट बिक्री घटेका कारण आम्दानीमा कमी देखिएको हो । २०२३ मा टिएमटी बार बिक्री २७ प्रतिशत घटेको छ । आम्दानी घटे पनि मार्जिन बढेर ४.८० प्रतिशत पुगेको छ । २०२२ मा उद्योगको मार्जिन २.५४ प्रतिशत थियो ।

    २०१७ मा स्थापना भएको सर्बोत्तम स्टिलले आइपिओ निष्कासन गर्नका लागि २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योग सञ्चालनमा आएको तीन आर्थिक वर्ष भएको छ । ग्रुप स्टिल, सिमेन्ट, धागो र चिया उत्पादनमा संलग्न छ । ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, जगदम्बा सिमेन्ट लिमिटेड र सर्वोत्तम स्टिल रहेका छ ।

    उद्योगले टिएमटी स्टिल बार, बिलेट र वायर उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक ५ लाख २० हजार ८ सय टन रहेको छ । ५१ प्रतिशत हिस्सा बिलेट र बाँकी ४९ प्रतिशत टिएमटी बारको छ ।

    फलाम र इस्पात उद्योगमा असंख्य साना र ठूला, संगठित र असंगठित खेलाडीहरू छन् । अहिले स्टिल उद्योगमा तीव्र प्रतिस्पर्धा छ । व्यापारमा आएको कमीले मूल्य निर्धारण लचिलोपनाले बार्गेनिङ पावरलाई सीमित गरेको छ ।

    नयाँ खेलाडीको प्रवेशका कारण उद्योगको ठूलो क्षमता अभिवृद्धि भएको छ । उद्योगले मुख्यतया भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गरेर नेपालमै डण्डीका लागि बिलेट उत्पादन गर्र्दै आएको छ । भारतबाट आयात हुने कच्चा वस्तुको लागत कुल परिचालन आयको ८४ प्रतिशत छ । सरकारले बजेटमा स्पन्ज आइरनमा भन्सार महशुल १.५ बाट बढाएर २.५ प्रतिशत पुर्याएको छ ।

    उद्योगको अध्यक्षमा विष्णु न्यौपाने र सञ्चालकमा रमेशकुमार अग्रवाल र उत्सव न्यौपाने छन् । सौरभ ग्रुप स्टिल र सिमेन्टमा ठूलो लगानी रहेको छ । लक्ष्मी स्टिलले ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख रुपैयाँ स्टिल व्यापार गरेको छ । गत वर्ष उद्योगले कूल ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख र २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँको डण्डी व्यापार गरेको थियो ।

    ग्रुपले ३ वटा उद्योगहरुको आइपिओ निष्कासन गर्ने भएको छ । जगदम्बा स्पिनिङ मिल्स, लक्ष्मी स्टिल र सर्वाेत्तम स्टिलको आइपिओ निष्कासन गर्न लागेको हो । ग्रुपले सर्बोत्तम सिमेन्टको ‘बुकबिल्डिङ’ विधिबाट आइपिओ निष्कासन गरेको थियो । जगदम्बा स्पिनिङ र लक्ष्मी स्टिलको ‘बुकबिल्डिङ’ विधिबाट आइपिओ ल्याउने तयारी ग्रुपको छ ।

    यो पनि :

    सौरभ ग्रुपले जगदम्बा स्पिनिङ, लक्ष्मी र सर्वोत्तम स्टिलको बुकबिल्डिङबाट आइपिओ ल्याउने

    आइपिओ ल्याउन लागेको लक्ष्मी स्टिलको ९ महिनामा सवा ६ अर्ब व्यापार

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend