बिहिवार , फाल्गुण १७, २०८०
Shares
Shares
काठमाडौं । व्यवसायीक घरना सौरभ ग्रुपले ३ वटा उद्योगहरुको प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। ग्रुपले जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, लक्ष्मी स्टिल लिमिटेड र सर्वोत्तम स्टिल लिमिटेडको आइपिओ निष्कासन गर्न लागेको हो।
जगदम्बा स्पिनिङ मिल्स र लक्ष्मी स्टिलको ‘बुकबिल्डिङ’ विधिबाट आइपिओ ल्याउने ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । सर्वोत्तम स्टिलको प्रतिकित्ता १ सय रुपैयाँमा २५ लाख कित्ता आइपिओ निष्कासन गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए । आइपिओ निष्कासन गर्न सबैभन्दा पहिला सर्वोत्तम स्टिलले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने उनले जानकारी दिए ।
जगदम्बा स्पिनिङ र लक्ष्मी स्टिलको आइपिओ बुकबिल्डिङमा ल्याउने उनले स्पष्टपारे । ‘तीनवटै कम्पनीको आइपिओ ल्याउने छौं । त्यसमध्ये लक्ष्मी स्टिल र जगदम्बाको बुकबिल्डिङबाट हुनेछ’ अध्यक्ष न्यौपानेले सुनौलो नेपालसँग भने ।
उनका अनुसार लक्ष्मी स्टिल १० वर्षदेखि लगातार नाफामा छ । यस्तै जगदम्बा स्टिल पनि नाफामा रहेको उद्योग हो । जगदम्बाले भारतलगायत तेस्रो मुलुकमा धागो निर्यात गरिरहेको छ। ग्रुपले सञ्चालन गरेको जगदम्बा स्पिनिङ १८ वर्ष पुरानो उद्योग हो।
ग्रुपले उद्योगहरुको आइपिओ निष्कासनको प्रक्रिया सुरु गर्ने उनले बताए । चालू आर्थिक वर्षमा आइपिओ निष्कानको प्रक्रिया सकेर अन्तिम स्वीकृतिका लागि नेपाल धतोपत्र बोर्ड जाने र अर्को आर्थिक वर्षभित्र तीनवटै कम्पनीको आइपिओ निष्कान गर्ने योजना ग्रुपको छ । बुकबिल्डिङसम्बन्धि नीति नहुँदा
सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ निष्कासन गर्न ढिलाइ भएको थियो । नीति आइसकेको र सर्वोत्तम सिमेन्टको जारी भइसकेकाले अब जगदम्बा स्टिल र सर्वोत्तम स्टिललाई बुकबिल्डिङबाट आइपिओ निष्कासन गर्न ढिलाइ नहुने अध्यक्ष न्यौपानेको भनाई छ। बुकबाट आईपिओ ल्याउने सर्वोत्तम सिमेन्ट पहिलो उद्योग भएको छ ।
तिनवटै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन डिडिए) गरेपछि आइपिओको मूल्य तय हुनेछ। त्यसपछि यस्तै उद्योगको रेटिङ भएपछि सञ्चालक समिति बैठक बसेर आइपिओ निष्कानको निर्णय हुने भएको छ।
सर्वोत्तम स्टिलको आइपिओ प्रतिकित्ता १ सय रुपैयाँमा २५ लाख कित्ता निष्कासन गर्ने र यसबाट २५ करोड रुपैयाँ संकलन गर्ने योजना ग्रुपको छ । धितोपत्र बोर्डमा निवेदन सर्वोत्तमको पहिला जाने न्यौपानेले जानकारी दिए ।
सर्वोत्तम स्टिल सञ्चालनमा आएको २ वर्ष भयो । प्रिमियम र बुकबिल्डिङमा आइपिओ ल्याउन लगातार ३ वर्ष नाफा हुनुपर्ने व्यवस्था छ ।
यसैगरी जगदम्बा स्पिनिङले १० र लक्ष्मी स्टिलको १५ प्रतिशतसम्म आईपिओ निष्कासन गर्ने योजना ग्रुपको छ। जगदम्बा स्पिनिङले स्थानीयलाई आइपिओ निष्कासन गर्नुनपर्ने भएको छ।
सर्वोत्तम सिमेन्टमा १९ गुणा बढी आवेदन
सर्वोत्तम सिमेन्टको आइपिओमा माग भन्दा १९.३२ प्रतिशत आवेदन परेको छ। अन्तिम दिन बुधबार साँझसम्म १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस क्लियरिङ लिमिटेडका अनुसार फागुन १६ गतेसम्म १० लाख १२ हजार ३ सय ८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।
सर्वोत्तम सिमेन्ट बुकबिल्डिङमार्फत आइपिओ निष्कासन गर्ने पहिलो उद्योग हो । सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वाेत्तम सिमेन्टले प्रतिकित्ता ३६०.९० रुपैयाँ मा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट लिमिटेड छ ।
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९