logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैनः मन्त्री यादव

    डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैनः मन्त्री यादव

    700
    Shares
    डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैनः मन्त्री यादव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताए । उनले सरकारले चिकित्सकहरुसँग स्वच्छ रुपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताए । उनले देशभर खटिएका ५० हजार बढी स्वयंसेविकाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ । जन लाइसेन्स दिइरहेका छौँ । त्यो एकदमै टाइट छ । त्यसमा कुनै जालझेल छैन । एकदमै फेयर छ । लाइसेन्स जुन निकालेर जुन डाक्टरसाव, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरुले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन ।

    किनभने ५/५ पटक परीक्षा दिइसकेपछि पास भएका छन् । कतिपय पहिलो पटक नै पास हुन्छन् । परीक्षा शैली टाइट, फेयर छैन । लाइसेन्स पाएको डाक्टर दक्ष छ । स्वयंसेविकाको बारेमा के भन्छु भने केही कुरामा जुन हाम्रो ५० हजार देशभर हुनुहुन्छ । केही कुरामा मन्त्रालयले सोच्नुपर्छ । भत्ताको कुरामा सोच्नुपर्छ । कडा मेहनत छ । कुन तरिकाले जाने, भन्नेबारेमा मन्त्रालयले सोच्नुपर्छ ।’

    मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend