logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जनप्रतिनिधिहरु धमाधम भ्रष्टाचार काण्डमा, कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध मुद्दा

    जनप्रतिनिधिहरु धमाधम भ्रष्टाचार काण्डमा, कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध मुद्दा

    784
    Shares
    जनप्रतिनिधिहरु धमाधम भ्रष्टाचार काण्डमा, कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ ।

    आयोगले बिहीबार विशेष अदालतमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८–०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।

    अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मोमकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्‍द्र साहविरूद्ध मुद्दा दायर गरेको हो ।

    टाइल्स ओछ्याउन फिल्डमा गरेको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ । अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भुक्तानी लिएको पाईएको छ ।

    अख्तियारले ११ जनाविरूद्ध उक्त रकम बिगो माग गरी कैद सजायसमेतको माग गरेको छ ।

    त्यसैगरी, पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधीहरुविरुद्ध अख्तियारले धमाधम मुद्धा दायर गरेको छ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो दाबी माग गरिएको छ ।

    गोदावरीको ढुंगा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्याएको उनीहरुमाथि आरोप छ। अख्तियारले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध विशेष अदालतमा दोस्रो भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको दाबी गर्दै अख्तियारले मुद्धा दर्ता गराएको छ ।

    बुधबार बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी १ लाख ५० हजारदेखि साढे २ लाख रुपैयाँसम्म बाँडेको उजुरी परेपछि ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई अख्तियारले सोधपुछका लागि बोलाएको छ । २०७७ सालमा आएको बाढीले ललितपुर महानगरको २४ नम्ब वडा धापाखेलमा महानगरको कार्यसमितिबाट निर्णय नगरी रकम बाँडेको आरोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend