logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बाढीले माथिल्लो तामाकोसीलगायत १६ आयोजना बन्द, प्रणाली बाहिर १ हजार मेगावाट बिजुली

    बाढीले माथिल्लो तामाकोसीलगायत १६ आयोजना बन्द, प्रणाली बाहिर १ हजार मेगावाट बिजुली

    2.6K
    Shares
    बाढीले माथिल्लो तामाकोसीलगायत १६ आयोजना बन्द, प्रणाली बाहिर १ हजार मेगावाट बिजुली

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले १६ जलविद्युत आयोजना बन्द भएका छन् । यी मध्ये केही आयोजना आंशिक चलेका छन् ।

    १६ आयोजना नचल्दा १ हजार मेगावाट बिजुली उत्पादन बन्द भएको छ । तामाकोसीमा आएको बाढीले शनिबार बिहान १:४३ बजेदेखि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पूर्ण रुपमा बन्द भएको छ ।

    यस्तै आज बिहान ४ बजेदेखि ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, ८ बजेबाट १० मेगावाटको सुनकोसी आयोजना बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    विद्युत प्राधिकरण र सहायक कम्पनीबाट ५ सय २६ मेगावाट बिजुली आपूर्ति बन्द भएको छ ।

    यस्तै ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मिडिल मोदी, ४० मेगावाटको अपर चमेलिया गरी निजी क्षेत्रबाट १ सय १४ मेगावाट बिजुली आर्पूिर्त बन्द भएको छ ।

    यसैगरी सोलु दुधकोसीबाट ५० लिखु–१ बाट ४७, लिखु–२ बाट २९, मिडिल तमोरबाट ३८, कालिगण्डकी एबाट ६०, मोदीबाट ७, त्रिशूलीबाट ६, देविघाटबाट ५ र चमेलियाबाट १४ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

    बाढीका कारण बिजुली उत्पादन घटेपछि भारतमा हुने निर्यातसमेत घटेको छ । प्राधिकरणका अनुसार अहिले ३ सय मेगावाट हाराहारीमा मात्र बिजुली निर्यात भएको छ ।

    यसअघि साढे ६ सय मेगावाट बिजुली भारतमा निर्यात भइरहेको थियो । निरन्तर वर्षा भइरहेकाले बिजुलीको माग घटेको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend