logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रिय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने नेकपा एसको निर्णय

    प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रिय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने नेकपा एसको निर्णय

    413
    Shares
    प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रिय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरुलाई केन्द्रिय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । आईतबारको केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।

    उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए । उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रिय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । उनले बढीमा १० दिनभित्रमा केन्द्रिय कमिटी सदस्यको टुंगो लगाउने बताए ।

    उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रिय कमिटीमा भएका सदस्यहरुसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रिय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ ।

    यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरुले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रिय कमिटीलाई नै हुनेछ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ ।’

    पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend