logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

    एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

    763
    Shares
    एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आईतबार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

    उनले एमाले कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए ।

    उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए । उनले एमाले कांग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए । उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए ।

    उनले भने, ‘ एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो ।

    कार्यकारी राष्ट्रपति,पुनः समानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं । गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीतामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खाजेको हो भने स्वीकार्य हुँदैन । सुशासनको पक्षमा काम गर्न,ठूला फाइलहरु खाल्न शुरु गर्दा किन आत्तिनु भयो । कांग्रेस एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’

    उनले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend