logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

    जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

    539
    Shares
    जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

    बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

    जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

    अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिए । यसअघि असार २३ गते बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो ।

    यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।

    बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् ।

    “अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ”, उनले भने, “सुरक्षामा खटिनुभएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend