logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • झापामा विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

    झापामा विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

    686
    Shares
    झापामा विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

    बनियानी । झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    उनका अनुसार खोलाले बगाएर दुईजना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

    खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ । मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख पाँच सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

    जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन् । २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए ।

    सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत् गरेको छ । मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन् । जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend