logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    595
    Shares
    सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकसँग नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे ।

    उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाँचेको बताए । उनले त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए । उनले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए ।

    उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए । उनले घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे ।

    उनले लोन टु भ्यालु रेसियो,जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताए । उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए ।

    उनले भने, ‘लोन टु भ्यालु रेसिया,जोखिम भार, ब्याजदर करिडोर लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्छन् । त्यो विषयमा पनि गहन छलफल गरेर एप्रोपिरेट नीतिहरु लिनेछौं । राष्ट्र बैंकले नीति लिँदा सर्वपरि मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ । कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाचेको छ । नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला । सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो । अर्थतन्त्रका केही पक्षहरु सबल छन् ।

    फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ । घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब छ । निर्माण क्षेत्र कमजोर भएको कारणले निर्माणसँग सम्बन्धित अन्य क्षेत्रहरुमा दबाब छ । राष्ट्र बैंक मौद्रिक नीति मार्फत कुनलाई कस्तो सुविधा दिनसक्ने गरी नीति तर्जुमा गर्छौं । व्यवसायीहरुले सोचेका सबै कुराहरु गर्न सक्दैन । कर्जामा नेपाल राष्ट्र बैंकले रोकेको छ भन्नेकुरा छ । राष्ट्र बैंकले बाधेको छ भन्ने छ ।

    राष्ट्र बैंकले बाँधेको डोरी देखाउनुपर्छ हामी बाँधेको डोरी फुकाइदिन्छौं । त्यतिकै बोल्नु भएन । आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीहरुलाई २ प्रतिशत भन्दा बढी लगाउन नपाउने स्पष्ट व्यवस्था छ । बैंकहरुले पनि त्यो भन्दा बाहिर जान पाउँदैन । गएको पायो भने राष्ट्र बैंकलाई जानकारी गराउनु होला । मौद्रिक नीतिको अन्तिम रुपमा छौं ।’

    उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे । उनले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend