logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इजरायली हमलामा ७१ प्यालेस्टाइनको मृत्यु

    इजरायली हमलामा ७१ प्यालेस्टाइनको मृत्यु

    336
    Shares
    इजरायली हमलामा ७१ प्यालेस्टाइनको मृत्यु

    गाजा । इजरायली सेनाले गाजाको खान युनिसको अल मवासी इलाकामा हवाइ हमला गरेको छ । सो हमलामा ७१ प्यालेस्टाइनको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा २८९ जना घाइते भएका छन् ।

    इजरायली सेनाले सो क्षेत्रलाई सुरक्षित क्षेत्र भन्दै आएको थियो । साथै प्यालेस्टाइनलाई सो क्षेत्रमा आश्रय लिन आग्रह गरेको थियो ।

    इजरायली सेनाले आफूले सो घटनाको जाँच गरिरहेको जनाएको छ । इजरायली मिडियाका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई निशाना बनाउनको लागि सो हमला गरेको हो । बीबीसी

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend