बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

समलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरुको खोजि तिब्र

समलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरुको खोजि तिब्र

चितवन । सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको जनाएको छ ।

शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन ।

बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरु पनि रहेको हुनसक्ने अनुमान छ । शुक्रबार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् ।

सरकारले बेपत्ता नागरिकहरुको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशुली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताए । उनले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरुको खोजि कार्य प्रभावित बनिरहेको बताए ।

उनले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातित परिणाम दिन नसकेको बताए । ४/५ वटा शवहरु करिव ५५/६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताए । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताए ।

लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने उनले बताए । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस तीन वटै उपायको प्रयोग गरेर बपत्ताको खोजी भइरहेको बताए । उनले विदेशबाट गोताखोर टोली ल्याएर खोज्दा परिणाम आउने भन्नेकुरा नेपालको परिवेशमा मेल नखाने बताए ।

विदेशमा समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालमा त्रिशुली लगायतका नदीमा खोज्ने कुरा फरक हुने बताए । उनले गोताखोर टोलीले प्रयोग गर्ने सामग्रीहरु एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने बताए । नेपालकै गोताखोर टोलीले छिटै बेपत्ताहरुको खोजी गर्ने आश रहेको बताए ।

उनले सशस्त्र प्रहरी बलसँग अहिले ११० जना गोताखोर रहेको बताए । सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिव २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको बताए । उनले अन्य १७ हजार ७२० जनशक्ति प्रत्यक्ष रुपमा परिचालित भएका पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend