काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर मन्त्री भट्टराईले पदभार ग्रहण गरेकी हुन् ।
आजै मन्त्री भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।