logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भट्टराई बनिन् मन्त्री, होला त शिक्षा क्षेत्रमा सुधार ?

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भट्टराई बनिन् मन्त्री, होला त शिक्षा क्षेत्रमा सुधार ?

    959
    Shares
    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भट्टराई बनिन् मन्त्री, होला त शिक्षा क्षेत्रमा सुधार ?

    काठमाडौं । कामदारको रुपमा लामो समय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएकी छिन् ।

    कास्की क्षेत्र नम्बर २ बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित संघीय सांसद बनेकी भट्टराई ६ वर्षअघिसम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् ।

    सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण समारोहपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कामदारको रुपमा शिक्षा क्षेत्रमा लामो समय बिताएको स्मरण गर्दै दुई पटकसम्म निर्वाचित गराउने कास्कीका मतदाता र सबै देशवासीलाई धन्यवाद व्यक्त गरिन्।

    बौद्धिक, सरल, इमान्दार र शिक्षा क्षेत्रमा विज्ञको रुपमा समेत चिनिने भट्टराईले सार्वजनिक विद्यालयको खस्किदो शाख फर्काउने चुनौती रहेको बताइन् । आफ्नो कार्यकालमा त्यो फर्काउने र नेपालमै विश्वविद्यालयमा शिक्षा पढेर म सक्षम नागरीक हुन्छु भन्ने विश्वास घट्दै गएकोले त्यो आर्जन गर्ने र विश्वविद्यालय शिक्षामा आकर्षण बढाउदै विद्यालय र विश्वविद्यालय सुधार आजको मुख्य चुनौती रहेको बताइन्।

    त्यस्तै ,मन्त्री भट्टराईले पहिलो निर्यणको रुपमा विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेकी छन् ।

    ५२ वर्षिया भट्टराई तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री एवं कास्कीका एमाले नेता रविन्द्र अधिकारीकी धर्मपत्नी हुन्। ताप्लेजुङको पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिईन् ।

    समाजशास्त्रमा स्नातककोत्तर मानवशास्त्रमा एमफिलसम्म अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend