काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । यतिबेलासम्म बजारको परिसूचक नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ ।
सेयर बजार खुलेको ७७ मिनेटमै ५ अर्बको कारोबार भएको छ । दिउँसो १२ : १७ बजे नै ५ अर्ब कारोबार रकम नाघेको हो ।
बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ ।