logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक हो : बाबुराम भट्टराई

    राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक हो : बाबुराम भट्टराई

    903
    Shares
    राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक हो : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे । उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताए ।

    सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।

    अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend