logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • आन्दोलनका कारण बङ्गलादेशमा समस्यामा परेका नेपालीका लागि परराष्ट्रमन्त्रीको विशेष पहल

    आन्दोलनका कारण बङ्गलादेशमा समस्यामा परेका नेपालीका लागि परराष्ट्रमन्त्रीको विशेष पहल

    392
    Shares
    आन्दोलनका कारण बङ्गलादेशमा समस्यामा परेका नेपालीका लागि परराष्ट्रमन्त्रीको विशेष पहल

    काठमाडौँ । बङ्गलादेशको विद्यार्थी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई स्वदेश फर्कनका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको विशेष पहलका कारण सहज भएको छ ।

    परराष्ट्र मन्त्री डा राणाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न यसअघि नै निर्देशन दिएकी थिइन् ।

    सो बमोजिम मन्त्रालयमा सो डेस्कको स्थापना भई आवश्यक सम्पर्क व्यक्तिसमेत तोएिको छ । सो कुराको जानकारी मन्त्रालयले हिजो नै सूचना जारी गरी दिएको छ ।

    सो सूचनामा समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले व्यवस्था गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरिएको छ ।

    मन्त्री डा राणले आर्फैँले ढाकास्थित नेपाली राजदूताबाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न तथा नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन निर्देशन दिएकी छन् ।

    यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । ती विद्याथीरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेज लगायतका स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूताबासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

    परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध पनि गरिएको छ ।

    उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किन विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

    सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेको मन्त्रालयले हिजो नै जनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend