काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताए । उनले संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान पूर्ण नरहेको बताए ।
उनले तीन सय भन्दा बढी संशोधन प्रश्तुत भएपनि संशोधन नै नगरी घोषणा गरिएको बताए । उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताए । अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताए ।