logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • घाम जस्तै चम्किला शिव सुवेदीका डायरीमा छन् अझै सयौँ गीत

    घाम जस्तै चम्किला शिव सुवेदीका डायरीमा छन् अझै सयौँ गीत

    2K
    Shares
    घाम जस्तै चम्किला शिव सुवेदीका डायरीमा छन् अझै सयौँ गीत

    पर्वतको जलजलामा जन्मिएका शिव सुवेदी लोक गीत सुन्दै हुर्किए । सालैजो र यानी माया लगायतका लोक भाकाले उनलाई बाल्यकालमै मोहनी लगायो । पहाड लोकका भाका र लय सुन्दै, गुनगुनाउँदै हुर्किएका उनी आफु कुन बेला लोक दोहोरीमै समर्पित भएँ भन्ने पत्तै पाएनन् ।

    “बुढापाका गण्डकी र धौलागिरीको पानीमै लोक भाका मिसिएको हुन्छ भन्छन्, सायद त्यही पानी पिएर, लोक संस्कृतिमा हुर्किएकाले होला लोकभाका र म एकअर्काका भयौँ, दुवैले एकअर्कालाई छाड्न सकेनौँ”, हालैको एक बसाइमा गीतकार सुवेदीले सुनाए । कक्षामा सधै प्रथम हुने सुवेदी शिक्षकको नजरबाट टाढिन पाएनन् ।

    त्यसैले विद्यालयका शुक्रबारे कार्यक्रम अथवा अतिरिक्त क्रियाकलापको लागि उनी सुरुमा छनोट भइहाल्थे । कहिले गीत संगीत त कहिले वत्तृत्वकला लगायतका कार्यक्रममा सहभागी हुँदै गर्दा लोकभाकाप्रतिको लगाव बढेको हो भन्छन् उनी । विद्यालयमै छँदा कहिले तीज गीत त कहिले भ्रष्टाचारविरोधी गीत लेखेर उनले आफ्नो कला देखाइसकेका थिए ।

    “गाउँमा असल शासन क्लब गठन भएको थियो, म अध्यक्ष थिएँ, क्लब भ्रष्टाचारविरोधी गतिविधिमा सक्रिय थियो, त्यसै क्रममा केही भ्रष्टाचारविरुद्धका गीत पनि लेखियो”, सुवेदीले विगत सम्झिए । गाउँका लोकभाका, अग्रजबाट सिकेका चुट्कासँगै भर्खरै सुरु भएका धौगागिरी र पाल्पाको श्रीनगर एफ्एममा बज्ने गीतले सुवेदीमा लोकगीतप्रतिको मोह अझ बढाइदिए ।

    अहिले जस्तो युट्युवलगायतका सामाजिक सञ्जाल नभएको समयमा नयाँ र पुराना लोक गीतका लागि रेडियो भरपर्दा साथी थिए । सुवेदीले पनि रेडियो सुन्दै केही लोकभाका सिक्न पाए । यही सीपले उनलाई विद्यालयमै छँदा स्थानीय र क्षेत्रीय स्तरका कार्यक्रमसम्म पुर्‍यायो ।

    सांगीतिक यात्राको सुरुवात

    विसं २०६१ मा विद्यालयबाट एसएलसी दिने ५५ मध्ये सुवेदी पहिलो श्रेणीमा उत्तीर्ण हुने एक्ला थिए । पहिलो श्रेणीमा उत्तीर्ण हुनेले विज्ञान नै पढ्नुपर्छ भन्ने सामाजिक सोच पछ्याउँदै उनी पोखराको पृथ्वीनारायण क्याम्पस हानिए । पोखरा उनी पढ्न मात्रै आएका थिएनन् ।

    बुबा आमाले कृषि कर्मबाट आर्जेको केही खर्च र खाद्यान्न बोकेर पोखरा झर्दै गर्दा पढाइसँगै गीतसंगीत पनि सिक्छु भन्ने योजना बुनेका थिए । “पोखरा हाम्रा लागि अवसरको खानी थियो, पढ्नका लागि सुविधासम्पन्न क्याम्पस थियो, रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र गीत रेडर्किङ स्टुडियो पनि पोखरामै थियो”, उनले भने, “त्यति मात्रै होइन पोखरा लोकदोहोरीलगायतका गीतसंगीतका लागि पनि उर्भर भूमि थियो ।” उनले पोखरामा पढाइ र सांगीतिक यात्रालाई एकैसाथ अघि बढाए ।

    स्थानीय कलाकारसँग हिमचिम बढाए, संगीत प्रशिक्षण केन्द्र बिन्दवासिनीमा तीन महिना संगीत प्रशिक्षण पनि लिए । यसले उनलाई सांगीतिक कार्यक्रमहरुमा उपस्थिति हुन सहयोग गर्‍यो भने सम्बन्ध पनि विस्तार भयो ।

    यसैक्रममा उनी एक दिन पोखराको मालेपाटनस्थित रेडियो नेपालको क्षेत्रीय कार्यालयमा पुगे । त्यो बेलाका चर्चित गायक पुरुषोत्तम न्यौपानले रेडियोमा देउराली कार्यक्रम चलाउथे । उनले त्यो कार्यक्रममा म पनि गाउँछु भन्दै अनुरोध गरे । तर पहिलो र दोस्रो पटकमा गीत गाउने प्रयास सफल नभए पनि तेस्रो पटकमा भने मौका मिल्यो र गीत गुनगुनाए ।

    रेडियोमा गीत गाउन पाएपछि दृढ इच्छाशक्तिसहितको प्रयासले लाग्ने हो भने सफल भइन्छ भन्ने सुवेदीको मनमा आत्मविश्वास पलायो । तर उनी गीत गाउनेतर्फ भन्दा पनि शब्द लेख्न र लय सिर्जनामा बढी रुचि राख्थे । विद्यालय छँदादेखि नै लेखेका गीतले डायरी भरिएका थिए । पढाइसँगै सांगीतिक माहोल बढ्दै गएपछि उनमा अब एल्बम निकाल्छु भन्ने आँट पलायो । साथीहरुले पनि हौसला दिए ।

    उनले २०६१ सालमा राजु परियार, बिमा कुमारी दुरालगायतका कलाकारलाई लिएर एल्बम निकाले । तर त्यो एल्बम ब्यबसायिक रुपमा सफल भएन, खासै चर्चा पनि भएन । तर, यसै बेला कलाकार पार्वती जिसीका लागि रचना गरिदिएको तीजको गीतले भने हरेस खान दिएन ।

    आइएस्सी सकाएपछि उनलाई गीत संगीतका लागि पोखरा सानो लाग्न थालिसकेको थियो । त्यसैले उनले काठमाडौँ गएर एक पटक प्रयास गर्ने निधो गरे । र, एक दिन गीतले भरिएको डायरी बोकेर काठमाडौँका लागि गाडी चढे । “पोखरामा रहँदै गरेका काम स्तरिय नहुने हुन् कि भन्ने शंका उनलाई लाग्यो र एक पटक काठमाडौँ गइ हेरौँ न भन्ने लाग्यो, काठमाडौँमा अवसरहरु, गीत रेकर्डिङ्ग स्टुडियोहरु, गीत निकाल्ने कम्पनीहरु धेरै हुन्छन् भने सुनेको थिएँ”, उनले भने । काठमाडौँमा त्यस बेलामा भगवान भण्डारी, राजु परियार, विष्णु खत्री, कस्तुप पन्त, विमलराज क्षेत्री लगायतका कलाकारको बोलबाला जस्तै थियो ।

    “पोखरामा रहँदै गरेका काम स्तरिय नहुने हुन् कि भन्ने शंका उनलाई लाग्यो र एक पटक काठमाडौँ गइ हेरौँ न भन्ने लाग्यो, काठमाडौँमा अवसरहरु, गीत रेकर्डिङ्ग स्टुडियोहरु, गीत निकाल्ने कम्पनीहरु धेरै हुन्छन् भने सुनेको थिएँ”, उनले भने । काठमाडौँमा त्यस बेलामा भगवान भण्डारी, राजु परियार, विष्णु खत्री, कस्तुप पन्त, विमलराज क्षेत्री लगायतका कलाकारको बोलबाला जस्तै थियो ।

    उनीहरुलाई भेट्नै पनि गाह्रो हुने अवस्था थियो । काठमाडौँमा केही चिनजान बढाए र २०६३ सालमा याम क्षेत्री, प्रल्हाद सुवेदीको सहकार्यमा धौलागिरी क्यासेट सेन्टरबाट ‘यो मायाले पीरै पार्ने भो…’ बोलको गीत निकाले । प्रह्लाद सुवेदीको भाकामा राजु परियार र विष्णु माझीले गाएको गीतले पनि उनलाई भने जस्तो खुसी दिन सकेन । लगातार दुई प्रयास असफल भएपछि उनलाई गीतसंगीतले निराश बनायो । गीत संगीत मेरो क्षेत्र होइन कि भन्ने पनि भयो । तर कम्तीमा एक पल्ट आफुलाई मौका दिनपर्छ भन्ने उनलाई लाग्यो ।

    उनले अरुसँगको सहकार्यमा भन्दा नि आफ्नै शब्द लयमा गीत निकाल्नुपर्छ भन्ने अठोट लिए । सयौँ गीतले भरिएको डायरी पल्टाए । आफ्नै रचनालाई दोहोर्‍याइ तेहेर्‍याइ पढे र मनले खाएको एउटा रचना निकाले, ‘घाम जस्तो चम्किलो जुन हुँदैन । जति रुन परे नि मेरै काखमा रोउ माया सत्तुरले देख्ने गरी रुन हुँदैन… । यी शब्दमा उनी आफ्लै लय भरे । गीतको लय र शब्द बोकेर पुरुषोत्तम न्यौपाने कहाँ पुगे । न्यौपानेले गीत सुनिसकेपछि मुसुक्क हाँसे र भने, “भाइ यो गीत म गाउँछु ।” न्यौपानेले बचन दिएपछि सुवेदीले गीत रेडर्किङको तयारी सुरु गरे ।

    बिनोद बाजुरालीको संगीत संयोजनलगायतको सबै चाँजोपाँजो मिलेपछि पुरुषोत्तम न्यौपाने काठमाडौँ आए र बिमाकुमारी दुरासँग गीत रेडर्क गरे । यो गीत बजारमा आउने वित्तिकै यसरी चल्यो कि त्यो बेलाका सर्वाधिक चर्चित गीतमध्ये एक भइदियो । गीतको अत्यधिक सफलताले विगतका असफलता ओझेलमा पारिदियो । आफैलाई अन्तिम मौका दिएका सुवेदीलाई यही गीतले सांगीतिक क्षेत्रमै रहनका लागि थप हौसला, आत्मविश्वास र उर्जा थपिदियो ।

    गीतका शब्दमा भनिए जस्तै यो गीत उनको जीवनमा घाम जस्तै चम्किलो बनिदियो । “सायद यो गीत नचलेको भए म गीतसंगीतमै रहने थिएन, किनभने मलाइ आर्थिक रुपमा अफ्ठेरो परिसकेको थियो”, उनले भने, “त्यो बेलामा पोखरामा २र३ हजार रुपैयाँमा महिनाको गुजारा चल्थ्यो, तर मैले यो गीतका लागि झन्डै ५० हजार रुपैयाँ खर्च गरिसकेको थिएँ ।” यो गीतले उनलाई गीतकारका रुपमा स्थापित मात्रै गराएन आर्थिक रुपमा पनि सबल बनायो ।

    “सायद यो गीत नचलेको भए म गीतसंगीतमै रहने थिएन, किनभने मलाइ आर्थिक रुपमा अफ्ठेरो परिसकेको थियो”, उनले भने, “त्यो बेलामा पोखरामा २र३ हजार रुपैयाँमा महिनाको गुजारा चल्थ्यो, तर मैले यो गीतका लागि झन्डै ५० हजार रुपैयाँ खर्च गरिसकेको थिएँ ।”

    झन्डै ४० हजार क्यासेटमा हस्ताक्षर गरेको उनलाई अझै पनि सम्झना छ । त्यो बेलामा एउटा क्यासेट बिक्रिबापत सुवेदीलाई आठ रुपैयाँ आउथ्यो । उनले त्यही एउटा गीतबाट राम्रो पैसा कमाए । गीतको भिडियो तरेली संगीत कुञ्जले निकालेकाले भिडियोको सबै खर्च र आम्दानी उसैको भयो । त्यसपछि उनले ‘भूमरिमा परे भने म…’, ‘भुल्नै भयो धौँ…’, ‘कल्पनामै भए नि देख्छु भनेको…’ , ‘घामले नि पोल्दियो…’ जस्ता गीत रेडर्क गराए । ती सबैले ‘घाम जस्तै चम्किलो जुन हुँदैन…’ले जस्तै जस्तै सफलता पछ्याए । एकपछि अर्को गीत सफल हुँदै गएपछि सुवेदीलाई सांगीतिक क्षेत्रमा लागिरहन हौसला मिलिरह्यो ।

    सुवेदीको शब्द र लयमा विष्णु माझी र यम क्षेत्रीले गाएको ‘किन यस्तो हुन्छ, तिम्रो फोटो बोल्दैन, न बोलाउँदा सुन्छ जति धेरै सम्झियो उती मन रुन्छ…’ गीत पनि औधी मन पराइयो । यी गीत त्यो बेला मोबाइलका सिआरबीटीमा शीर्ष स्थानमै पर्थे । “आजसम्म ५० आसपासको संख्यामा गीतहरु निकाले होला, करिब सबै जसो चलेकै गीतमा पर्छन्”, उनले भने, “प्रत्येक गीतले अर्को गीत निकाल्नका लागि पुग्ने गरी ब्यबसाय गरेपछि मैले खल्तीबाट कहिल्यै पैसा निकाल्नु परेन ।”

    संगीतसँगै पढाइ अघि बढाएका उनी पोखरामा बीएस्सीको पढाइ पूरा गरेपछि मास्टर्स पढ्न त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय विभागमा भर्ना भए । त्यो बेलामा दुई हजार भन्दा बढीले दिएको प्रवेश परीक्षामा उत्तीर्ण हुने एक सय बिस भित्र उनी पनि थिए । यसले संगीतको यात्रासँगै पढाइमा पनि उनको लगाव कति थियो भन्ने बुझ्न सकिन्छ ।

    उनले मास्टर्स पढ्दै गर्दा पनि गीतका शब्द कोर्न भने छाडेनन् । “मैले डायरीमा कोरेका गीतको संख्या धेरै भए पनि वर्षमा एकरदुई वटा मात्रै गीत निकाल्थे, त्यो बेला त जुन गीत निकाल्यो त्यही चल्न थाल्यो”, उनले भने, “भुल्नै भयो धौ…, घामले नि पोल्दियो… कल्पनामै भए नि देख्छु भनेको… किन यस्तो हुन्छ… खै हाम्रो दिलमा घामै लाएन… सबै गीत चले ।” विसं २०७२ मा विनाशकारी भूकम्पको समयमा उनले मास्टर्स सकाइसकेका थिए ।

    अब के गर्ने भन्ने स्पष्ट योजना बनिसकेको थिएन । यद्यपि विश्वविद्यालयमा पढाउँदै गीतसंगीतमा लाग्छु कि भन्ने सोच भने मनमा कहीँ कतै थियो । साथै पिएचडीका लागि अमेरिका जाने कि भन्ने पनि थियो । भूकम्प गएको केही दिनमा विश्वविद्यालयका प्रोफेसरले छात्रवृत्तिमा फ्रान्समा सिस्मोलोजी पढ्न जान इच्छुक भए अवसर छ भन्ने अफर लिएर आए । त्यो बेलासम्म उनलाई सिस्मोलोजीको पढाइबारे धेरै जानकारी पनि थिएन । “प्रोफेसरले ल्याएको अफर मलाई मन पर्‍यो, तत्कालै आवेदन दिए र प्रक्रिया पनि सुरु पनि भयो, सेस्मोलोजी पढ्छु भनेको ३५ दिनमा म पेरिस पुगे”, उनले भने ।’

    भूकम्प गएको केही दिनमा विश्वविद्यालयका प्रोफेसरले छात्रवृत्तिमा फ्रान्समा सिस्मोलोजी पढ्न जान इच्छुक भए अवसर छ भन्ने अफर लिएर आए । त्यो बेलासम्म उनलाई सिस्मोलोजीको पढाइबारे धेरै जानकारी पनि थिएन । “प्रोफेसरले ल्याएको अफर मलाई मन पर्‍यो, तत्कालै आवेदन दिए र प्रक्रिया पनि सुरु पनि भयो, सेस्मोलोजी पढ्छु भनेको ३५ दिनमा म पेरिस पुगे”, उनले भने ।’

    उनले पेरिसमा रहँदा पनि गीत रचनालाई निरन्तरता दिए । त्यहाँ रहँदा परदेशीका पीडा बताउने उनले ‘यस्तै छ कहानी परदेशीको…’ गीतमा लय भरे । बिनोद बराजुलीको संगीत संयोजनमा प्रकाश सपुतले गाएको गीत धेरैले मन पराए । पेरिसमा छदा लेखेका ‘आज तिम्ले जवाफ दिन पर्छ सानु …’, ‘मलाई त काठमान्डूले धपाएको हो…’ लगायतका गीतहरु पनि मज्जाले रुचाइए । पेरिसमा दोश्रो मास्टर सके पछि पिएचडीका लागि उनले स्वीट्जरल्याण्डमा पूर्ण छात्रवृति पाएँ।

    गीत लेख्ने र रेकर्डको क्रम उनि स्वीट्जरल्याण्डमा छँदा पनि जारी रह्यो । “पढाइ र गीतलाई सँगै अगाडि बढाएको थिए, दुवैमा उत्तिकै सक्रिय थिएँ, पिएचडीको भाइभाको दिन नेपालमा बिक्रम परियार र समीक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न…’ गीत रिलिज हुँदै थियो”, उनले भने । यता गीत चल्यो उता उनको भाइभा राम्रो भयो । व्यावसायिक पेसा र सांगीतिक यात्रा स्वीट्जरल्याण्डमा पिएचडी र पोस्ट(डक्टर सकाएर भूकम्पविद्का रुपमा नेपाल फर्किएका सुवेदीले सन् २०२३ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा काम गर्न थाले । अहिले उनले भूकम्पविद्का रुपमा त्यहाँ रहेर नेपालमा भूकम्पको जोखिमबारे अध्ययन गरिरहेका छन् ।

    सुवेदीले भूकम्पसम्बन्धी पनि गीत लेखेका छन् । पोखरामा भूकम्प सम्बन्धि तालिम आयोजना गर्दा स्वीट्जरल्याण्डबाट उनका पिएचडि सुपरभाइजर आएका थिए । त्यो बेलासम्म उनले आफुले गीत लेख्नेबारे उनलाई जानकारी गराएका थिएनन् । पोखरा आएका बेला साथीहरुले सुपरभाइजरलाई उनको कलाकारिताबारे जानकारी गराएछन् । “सुपरभाइजरले राम्रो गीत लेख्ने रहेछौ भन्दै भूकम्पसम्बन्धी चेतनामुलक गीत लेख्न सुझाव दिए, उनले पनि त्यसै गरे, भूकम्पबारे सरल भाषामा सबैलाई बुभफउने गरी लेखेको ‘भूकम्प सचेतना गीत…’ मा पशुपति शर्मा दाईले स्वर दिनुभयो”, उनले भने । गीत व्यापार होइन सुवेदी गीतको व्यापार गर्न हुन्न भन्छन् ।

    उनले अपवादबाहेक हालसम्म गीत लेखेवापत पैसा पनि लिएका छैनन् । अधिकांश गीतमा आफ्नै लगानी छ । ती गीतबाट कमाएको पैसाको अधिकांश रकम गीतमै खर्चिन्छन् । अहिले त डिजिटल प्लेटफर्मका कारण पुरानादेखि नयाँ सबै गीतले आम्दानी दिइरहेका हुन्छन् । “मेरा गीत जुन प्लेटफर्ममा बजे पनि मेरो हिस्सामा केही न केही आम्दानी आइरहेकै हुन्छ, सुरुको ‘घाम जस्तो चम्किलो जुन हुँदैन…’ देखि आजसम्मका गीतले केही न केही आम्दानी दिइरहेकै छन् । त्यसबाट प्राप्त अधिकांश रकम गीतसंगीतमै खर्च गर्ने गरेको छु”, उनले भने । उसो त सुवेदीका सबैजसो गीत व्यावसायिक रुपमा सफल नै छन् ।

    त्यसमा सुरुमा घाम जस्तो चम्किलो जुन हुँदैन गीत नेपालमा अत्यधिक रुचाइए जस्तै विदेशमा भने ‘कल्पना मै भए नि देख्छु भनेको…’ गीतले साउदी, कतार, दुवई र मलेसियामा निकै राम्रो व्यापार गर्‍यो । डायरीमा कैद सयौ गीत भूकम्पविद् समेत रहेका गीतकार सुवेदीका रचना पुरुषोत्तम न्यौपाने, बीमाकुमारी दूरा, पशुपति शर्मा, देवी घर्ति, बद्री पंगेनी, विष्णु माझी, कुलेन्द्र विश्वकर्मा, तिलक परियार, पूर्णकला जिसी, पार्वता जिसी, रामजी खाण, खुमन अधिकारी, पुस्कल शर्मा, यम क्षेत्री, सूर्य खड्कादेखि प्रकाश सुपुत, बिक्रम परियार, शान्ति श्री परियार र कुशल बेलवासेलगायतको आवाजले जीवन्त भएका छन् ।

    डायरीमा कैद सयौ गीत भूकम्पविद् समेत रहेका गीतकार सुवेदीका रचना पुरुषोत्तम न्यौपाने, बीमाकुमारी दूरा, पशुपति शर्मा, देवी घर्ति, बद्री पंगेनी, विष्णु माझी, कुलेन्द्र विश्वकर्मा, तिलक परियार, पूर्णकला जिसी, पार्वता जिसी, रामजी खाण, खुमन अधिकारी, पुस्कल शर्मा, यम क्षेत्री, सूर्य खड्कादेखि प्रकाश सुपुत, बिक्रम परियार, शान्ति श्री परियार र कुशल बेलवासेलगायतको आवाजले जीवन्त भएका छन् ।

    उनका डायरीमा अहिले पनि सयौँ गीत रेकर्डको पर्खाइमा छन् । कति गीतका शब्द अपुरा छन् । कतिका थेगो नै पूरा भएका छैनन् । पूरा भएका कतिपय रचनाले लय र स्वर कुरिरहेका छन् । बियोगान्त गीत लेख्न रुचाउने सुवेदी प्रत्येक गीत प्रत्येक दुःखमा जन्मिएको बताउँछन् । कति आफ्नै जीवनमा मेल खाएका छन् त कति अरुबाट प्रभावित भएका छन् ।

    ‘ जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा, सँगै जीउने चाहना त्यस्तै त्यस्तै भो सानु, एउटै धोको छ अब मर्ने तिम्रै काखमा…’ जस्ता वियोगान्त धेरै गीत अझै पनि स्रोतका मनमै बसेका छन् । कुनै एउटा मूडमा लेख्न सुरु भएका गीत अर्को मूडमा आइपुग्दा पूरा नभएका पनि छन् । “मलाई मन परेपछि जति पनि गहिराइमा जान सक्छु, तर त्यसका लागि माहोल चाहिन्छ, मूड त हुनै पर्‍यो”, उनले भने । त्यसो त सुवेदीले माया र प्रेमका मात्रै होइन राजनीतिक गीत पनि लेखेका छन् ।

    दश जना गायकगायिकाले गाएको ‘खै हाम्रो दिलमा त घामै लागेन…’ र  ‘अति भयो अति…’ मुलुकको बारेमा चिन्ता गर्दै लेखिएका गीत हुन् । सयौं गीत रचना र ५० भन्दा बढी श्रोतामाझ आइपुग्दा उनी आफैलाई भने मन परेको कुन गीत हो त ? सुरुको ‘घाम जस्तो चम्किलो जुन हुँदैन…’ गीत त मनमै छ”, उनले भने, त्यसबाहेक पेरिसमा छँदा लेखेको ‘अस्ती भन्यौ मन बाँधी बस्न, हिजो फेरी मैमाथि प्रश्न, आज तिम्ले जवाफ दिनुपर्छ सानु, त्यति धेरै माया गर्ने मनले यति धेरै शंका किन गर्छ सानु…’ औधी मनपर्छ ।” कतै लामो यात्रा जाँदा भने गाडीमा ‘भुल्नै भयो धौ…’ र ‘बाँचेको धन्न…’ गीत धेरै बज्ने गीतमा पर्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend