logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चीनको बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्ने

    चीनको बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्ने

    812
    Shares
    चीनको बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्ने

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् ।

    सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला मन्त्री राणाले सो अडान राखेकी हुन् ।

    बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन् । उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन् ।

    एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताइन ।

    उनले भनिन्, ‘बीआरआई सम्बन्धि पनि जति पनि कुराहरु आइरहेका छन् । त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साईन भएको हो । र इम्पिलिमेन्टेशन डकुमेन्टको बारेमा चाँही छलफल मात्रै सुरु भएको छ । अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अव यो ऋण लिने हो कि लोन लिने हो कि रु कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अव यसमा लार्जर छलफलमा जानुपर्छ । कुनैपनि टिटीहरु साईन गर्ने भन्दा अगाडि बर्डर डिस्कशन गर्नु पर्छ ।

    अहिलेको मात्रै होइन भविष्यको नेपालको बाटो पनि यसले खिच्छ । यसको लागि छलफल हुन जरुरी छ । जस्तो एमसीसी पनि व्यापक छलफल भयो, पार्लियामेण्टमा नै आयो । र हामीले कुनै पनि राष्ट्रसंघ ठूलो सम्झौता गर्न लागेका छौ भने हामी सबैको छलफलमा आउनु नै राम्रो हो । एउटा, दुईटा मन्त्रालय, परराष्ट्र मन्त्री, प्राइमिनिष्टरको भन्दा पनि सबैको इन्पुट लिएर जाँदा राम्रो हुन्छ होला । यही अनुरुप अहिलेको प्रधानमन्त्रीज्यूले पनि यसलाई व्यापक छलफलमा ल्याउनका लागि उहाँको पनि भुमिका हुन्छ होला ।

    एक पटक गभर्मेण्ट भित्र छलफल भएपछि यसलाई हामी समितिमा उपलब्ध गराउँछौ । समितिले छलफल गरेर अनि कुन कुन कुरामा जाने भन्ने विषय अहिले पनि छलफलमा छ । बीरआरआई भनेको अहिले फ्रेमवर्कमात्रै हो । बीआरआई भन्ने वित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन । यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकि नै छ । यो छलफलमा हामी सबैले भाग लिनुपर्छ भन्ने लागेको छ ।’

    मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताउनु भयो । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उनको भनाइ थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend