logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने – ‘अब यस्तो घटना नहोस्’

    विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने – ‘अब यस्तो घटना नहोस्’

    532
    Shares
    विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने – ‘अब यस्तो घटना नहोस्’

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा हवाई दुर्घटना जस्ता दुःखदायी घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनास्थल अवलोकनपछि नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा आज बिफ्रिङ लिँदै प्रधानमन्त्रीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता घटना नहोस् भन्नेतर्फ सबै सजग हुनुपर्छ भने । उनले घटना कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद्, हृदयविदारक र अकल्पनीय भएको बताए ।

    ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा र कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला रहेका थिए ।

    आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend