logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भ्रष्टाचारको आरोपपछि अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

    भ्रष्टाचारको आरोपपछि अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

    322
    Shares
    भ्रष्टाचारको आरोपपछि अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

    सिन्ह्वा । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले अगस्टमा राजीनामा दिने भएका छन् ।

    आफ्नो संघीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उनले राजीनामा दिन लागेका हुन् ।
    मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने आफ्नो इरादा घोषणा गरेका छन् ।

    जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ । न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत हप्ता न्यूयोर्कको म्यानहट्टनमा संघीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिवद्धता गरेका थिए ।

    न्यूयोर्कका संघीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए । मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो ।

    अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौं डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend