logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • शेयर बजार ३२ अकंले बढ्यो, १४ अर्ब १३ करोड बढीको कारोबार

    शेयर बजार ३२ अकंले बढ्यो, १४ अर्ब १३ करोड बढीको कारोबार

    518
    Shares
    शेयर बजार ३२ अकंले बढ्यो, १४ अर्ब १३ करोड बढीको कारोबार

    काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले बढेर २५६८.११ बिन्दुमा कायम भएको छ ।

    आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

    यसदिन ९ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको १.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशत, जीवन बीमा समूहको ०.७१ प्रतिशत र निर्जीवन बीमा समूहको २.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशत, एशियन हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशत र गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

    आज मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend