logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पञ्चकन्याका चार उद्योगको व्यापार ओरालो यात्रामा, एक वर्षमा पौने ८ अर्ब मात्र कारोबार

    पञ्चकन्याका चार उद्योगको व्यापार ओरालो यात्रामा, एक वर्षमा पौने ८ अर्ब मात्र कारोबार

    672
    Shares
    पञ्चकन्याका चार उद्योगको व्यापार ओरालो यात्रामा, एक वर्षमा पौने ८ अर्ब मात्र कारोबार

    काठमाडौं । व्यावसायिक घराना पञ्चकन्या ग्रुपले प्रवद्र्धन गरेको चार उद्योगको व्यापार २८.६१ प्रतिशत घटेको छ । गत वर्ष पञ्चकन्या ग्रुपको स्टिल, प्लास्टिक, प्लास्ट र रोटोमोल्ड उद्योगहरुले ७ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेका छन् ।

    गत वर्ष ग्रुपका सबै उद्योगहरुको व्यापारमा गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष पञ्चकन्या ग्रुपका चार कम्पनीहरुले १० अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेका थिए ।

    सन् २०२२ मा ग्रुपको व्यापार १७ प्रतिशत बढ्दा गत वर्ष घटेको छ । एक वर्षमा पञ्चकन्या ग्रुपका चार कम्पनीको व्यापार २ अर्ब २४ करोड ९० लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    २०२१ मा उद्योगले ८ अर्ब ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा पञ्चकन्याले ५ अर्ब ८४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    ग्रुपअन्र्तगत सबैभन्दा बढी व्यापार पञ्चकन्या स्टिलको छ । पञ्चकन्या स्टिलले ५ अर्ब ११ करोड रुपैयाँको डण्डी व्यापार गरेको छ । २०२२ मा उद्योगले ६ अर्ब ७४ करोड ९० लाख र २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको डण्डी व्यापार गरेको थियो ।

    ९ महिनामा पञ्चकन्या स्टिलको व्यापार ३२ प्रतिशत घटेर २ अर्ब २ अर्ब ६० करोड रुपैयाँको मात्र स्टिल व्यापार गरेको छ । उद्योगले भारतबाट बिलेट आयात गर्दै आएको छ । कूल आम्दानीको ८५ प्रतिशत खर्च बिलेट आयातमा हुने गरेको छ ।

    यस्तै ग्रुपअन्र्तगतको पञ्चकन्या रोटोमोल्डको व्यापार पनि २६ प्रतिशत घटेको छ । गत वर्ष उद्योगको व्यापार ७८ करोड २० लाख रुपैयाँमा सिमित भएको छ । २०२२ मा १ अर्ब ५ करोड ९० लाख र २०२१ म ८६ करोड १० लाख रुपैयाँको रोटमोल्ड व्यापार गरेको थियो ।

    ग्रुपको अर्को उद्योग पञ्चकन्या प्लास्टिकको व्यापार पनि १० प्रतिशत खुम्चिएको छ । उद्योगले गत वर्ष १ अर्ब २३ करोड ३० लाख रुपैयाँको प्लास्टिक व्यापार गरेको छ । २०२२ मा १ अर्ब ३६ करोड ५० लाख र २०२१ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो ।

    यस्तै पञ्चकन्या प्लास्टको पनि व्यापार २२ प्रतिशत घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । उद्योगले गत वर्ष ७३ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । २०२२ मा ९३ करोड ६० लाख र २०२१ मा ८९ करोड ५० लाख रुपैयाँ कारोबार भएको थियो ।

    चारवटा उद्योगको कूल ऋण ८ अर्ब ६६ करोड २० लाख रुपैयाँ ऋण रहेको छ । यसमध्ये सबैभन्दा बढी स्टिलको छ । स्टिलको ५ अर्ब १४ करोड, रोटोमोल्डको १ अर्ब १० करोड, प्लास्टिकको १ अर्ब १७ करोड र प्लास्टको १ अर्ब २४ करोड ५० लाख रुपैयाँ ऋण रहेको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले ग्रुपका उद्योगको व्यापारमा कमी आएको हो ।

    १९९५ मा स्थापना भएको पञ्चकन्याले लुम्बिनी प्रदेशको भैरहवामा टिएमटी स्टिल बार उत्पादन गर्दै आएको छ । ग्रुपले पछि प्लास्टिक, प्लास्ट र रोटोमोल्ड उद्योग सञ्चालनमा ल्याएको हो । स्टिल उद्योगको उत्पादन क्षमता बढेर वार्षिक १ लाख ५० हजार टन पुगेको छ ।

    ग्रुपको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ छन् । सन १९७० मा श्रेष्ठले स्थापना गरेको पञ्चकन्याले उत्पादनमूलक, ऊर्जा, व्यापार र अटोमोबाइल क्षेत्रमा लगानी विविधिकरण गरेको छ । ग्रुपअन्र्तगत माई जलविद्युत आयोजना सञ्चालनमा छ । ग्रुपको प्रवन्ध निर्देशकमा प्रदीपकुमार श्रेष्ठ छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend