logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सांसदको प्रश्न – शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

    सांसदको प्रश्न – शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

    322
    Shares
    सांसदको प्रश्न – शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

    काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गरेका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले भने, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?” गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उनले यसका लागि एक खर्ब ५२ करोड रुपैयाभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।

    विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उनले बताए ।
    राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदहरुले विपत् व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराएका छन् ।

    सांसद कमला पन्तले सौर्य जहाजको दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही गर्न माग गरिन् । सांसद जयन्तीदेवी राईले सौर्य जहाज दुर्घटनाका मृतकका परिवारलाई सरकारले नभेटेको गुनासो सुनाइन् । उनले थोत्रो जहाज कहिलेसम्म चलाउने ? भन्दै सरकारको जवाफ माग गरिन् ।

    सांसद दुर्गा गुरुङले बाढीपरिहराका कारण कर्णाली प्रदेशको सडक बिग्रिएको उल्लेख गर्दै त्यहाँको जनजीवन प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद नारायणदत्त मिश्रले जहाज दुर्घटनाको निष्पक्ष छानबिन र किसानले रासायनिक मल नपाएकोमा सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनारले भर्खर गठन भएको मन्त्रिपरिषद् समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

    सांसद मदनकुमारी साह गरिमाले विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराइन् । सांसद सुरेशकुमार आलेमगरले पुतलीसडक–मैतिदेवी सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनको माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend