बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

शेयर बजारमा हरियाली, १८९ कम्पनीको शेयर मूल्य बढ्दा १७ अर्ब बढी कारोबार

शेयर बजारमा हरियाली, १८९ कम्पनीको शेयर मूल्य बढ्दा १७ अर्ब बढी कारोबार

काठमाडौँ । आज शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सोमबार घटेको शेयर बजार आज पुनः उकालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.५५ अकंले बढेर २६९६.६५ बिन्दुमा कायम भएको छ ।

आज १८९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ ।

आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ९ समूहको शेयर मूल्यमा उछाल देखिएको छ । मंगलबार विकास बैंकको २.४० प्रतिशत, फाइनान्स समूहको ५.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ५।९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.१२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज एशियन हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend