logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (तस्वीरहरु)

    अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (तस्वीरहरु)

    742
    Shares
    अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (तस्वीरहरु)

    काठमाडौँ । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

    वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् ।

    नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।

    पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    तस्वीरहरु : 

      

    यो पनि : 

    हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति

    हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति

    ललितपुरका विभिन्न स्थान डुबानमा : २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend