logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सानिमा रिलायन्स लाइफको १ करोड ४३ लाख कित्ता सेयरको ‘लकइन पिरियड’ साउन २९ मा सकिने

    सानिमा रिलायन्स लाइफको १ करोड ४३ लाख कित्ता सेयरको ‘लकइन पिरियड’ साउन २९ मा सकिने

    658
    Shares
    सानिमा रिलायन्स लाइफको १ करोड ४३ लाख कित्ता सेयरको ‘लकइन पिरियड’  साउन २९ मा सकिने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरको लकइन अवधि समाप्त हुने मिति नजिकिएको छ। सानिमा लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता संस्थापक सेयरको लकइन अवधि साउन २९ गते समाप्त हुने भएको छ।

    कम्पनीको १ करोड ४० लाख कित्ता संस्थापक र कर्मचारीको नाममा रहेको ३ लाख कित्ता सेयर अहिले लकइनमा छ। लकइन अवधि समाप्त भएपछि संस्थापक र कर्मचारीले सेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।

    सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड नामबाट कारोबार भइरहेको छ। सानिमा रिलायन्स लाइफको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend