logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सिलाइ कटाइ तालिम

    युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सिलाइ कटाइ तालिम

    315
    Shares
    युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सिलाइ कटाइ तालिम

    सनत हमाल/मुगु । मुगुस्थित आइएनफ नामक गैरसरकारी सस्थाले दुर्गम तथा पिछडिएका बस्तिमा रहेका विपन्न, गरिव परिवारका युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सिलाइ कटाइ तालिम दिएको छ ।

    मुगुस्थित सोरु गाउँपालिका वडा नं १ देखि ५ सम्मका वेरोजगार, विपन्न परिवारका १० जना युवाहरुलाई स्वरोजगार बनाई उद्यमी बनाउन ३ महिने सिलाइ कटाइ तालिम दिइएको हो ।

    ३ महिनासम्म जिल्ला सदरमुकाम गमगढीमा दिइएको उक्त तालिमको मङ्गलबार एक औपचारिक कार्यक्रम गरेर समापन गतिएको छ ।

    समापन कार्यक्रममा बोल्दै सोरु गाउँपालिका २ नाथर्पु गाउँका तालिममा सहभागी विवि सिंह नेपालीले आफुहरु जस्ता युवाले व्यवसाय गर्न सीप सिक्न नपाउदा वेरोजगार बस्नु परेको बेला सिलाइ कटाइ तालिम पाएको खुसी व्यक्त गरे । उनले भने ‘मेसिन औजार पनि दिएको छ अब गाउमै यो व्यवसाय गरेर उद्धमी बन्ने योजना रहेको छ ।’

    तालिममै सहभागी भएका सोही गाउँपालिका ३ भिइ गाउँकी जौमती धामी आफ्नो गाउँमा सिलाई कटाइ गर्ने मानिस नहुँदा कपडा बनाउन १ दिन हिडेर पालिका केन्द्र सोरुकोट, २ दिन लगाएर जिल्ला सदरमुकाम गमगढी जानू पर्ने बाध्यता थियो, अब मैले सिकेको सीप गाउँमा देखाइ अन्य गाउँलेलाई हामीले भोग्नु परेको समस्या भोग्न नपर्ने बनाउने र गाउँमै सस्तो, सुलवमा सिलाइ कटाइ व्यवसाय खोलेर गाउँमै सेवा दिई स्व स्वरोजगार बन्ने सुनाउँछिन् ।

    तालिम पुर्व सर्भे गर्दा अरु संघ सस्थाले दिएका तालिम भन्दा आइएनफ मुगुले दिएका तालिमको सक्सेस रेड ४०% भन्दा बढी देखिएकोले युवाका लागि आर्थिक सशक्तीकरण परियोजना अन्तरर्गत युवाहरुलाई लक्षित गरी ३ महिने सिलाइ कटाइ तालिम गरिएको र गाउँपालिका, आइएनएफ मुगु र तालिममा सहभागी युवाबीच त्रिपक्षिय सम्झौता गरेर दिर्घकालसम्म व्यवसायी बनाउने लक्ष्य सहित तालिम शुरु गरिएको आइएनएफ मुगुका कार्यक्रम संयोजक जुवारीलाल कार्कीले बताए ।

    उनका अनुसार त्रिपक्षिय सम्झौता अनुसार तालिममा सहभागिहरुले व्यवासाय शुरु नगरे तालिम लिदा लागेको खर्चदेखी अनुदानमा दिइएका सिलाइ कटाइका मेसिन औजार समेत फिर्ता गर्नु पर्नेछ ।

    आइएफ मुगुले तालिम लिएकाहरुको व्यवसाय दर्तादेखि, व्यवसायबाट आम्दानी नआउन्जेलसम्म लाग्ने सबै खर्च अनुदानकै रुपमा व्यहोरी दिने पनि भएको छ ।

    २० देखि ४० वर्ष उमेर समुहका युवालाई लक्षित गरी आइएनएफ नेपालले युवारुलाई सीप विकास , फुलफुल खेती, उच्च मुल्य व्यापार, खुद्रा पसललगायत व्यवसाय गर्न तालिम तथा अनुदान दिन ३ वर्षे कार्यक्रम मुगु जिल्लाको सोरु गाउपालिका वडा नं १–५ बस्तिहरुमा संचालन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend