logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छः अध्यक्ष दाहाल

    सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छः अध्यक्ष दाहाल

    245
    Shares
    सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छः अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए ।

    कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘सामाजिक रुपान्तरणसहित सांस्कृतिक रुपान्तरणको अत्यन्त आवश्यक छ । हामीले राष्ट्रिय सभामा जतिपनि छलफल गरेका छौँ, रुलिङ गरेका छौँ, यसको कार्यान्वयनको निम्ति, तदारुकताका निम्ति के गर्न सकिन्छ, मैले यहीँ बस्दा बस्दै तपाईंहरुका जुन कुरा सुनिरहेका छु । सभापति मान्यज्युहरु, जो चार समितिका सभापतिज्युहरु हुनुहुन्छ । सबै दलका दल नेताहरुसहित बसेर यो मात्रै होइन ।

    अरु हाम्रा जति पनि विषय वस्तुहरु छन्, राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले त्यसलाई निक्र्यौल नेपाल सरकारलाई हामीले कार्यान्वयन जुन भनेका छौँ, यि विषयवस्तुहरुको कार्यान्वयनको निम्ति एउटा अलि गहन ढंगको छलफल आवश्यकता हो की भन्ने मैले अनुभुति गरेको छु ।

    म यो विषयमा अलि गम्भीरताका साथ लागेको छु । यसमा नयाँ ढंगको छलफल र बहस र यसको अनुगमन गर्ने विषयवस्तुहरु छन्, कार्यान्वयनको पक्षमा तदारुकता गर्नुपर्ने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको हाम्रो सम्बन्धलाई कायम गर्दै यि सबै विषयवस्तुहरु कहीँ नै कहीँबाट काम शुरु गरौँ ।’

    अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend