logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रियसभा : विशेष समयमा सांसदहरु बोल्ने क्रम जारी

    राष्ट्रियसभा : विशेष समयमा सांसदहरु बोल्ने क्रम जारी

    175
    Shares
    राष्ट्रियसभा : विशेष समयमा सांसदहरु बोल्ने क्रम जारी

    काठमाडौँ । राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

    सांसद सुमित्रा बिसीले मुलुकमा बाढी, पहिराका घटना, बस दुर्घटना, हवाई दुर्घटनालगायत प्राकृतिक विपत्तिको घटनामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदन प्रकट गरिन् । उनले नर्सिङ क्षेत्रमा लामो समय काम गरेकाको स्तरवृद्धि नभएको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend