logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

    तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

    182
    Shares
    तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

    काठमाडौं । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले बैठकले सर्वसम्मत रुपमा विधेयकलाई समितिमा पठाएको जानकारी गराए ।

    सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गरे ।

    राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गतेका लागि बोलाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend