logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समितिमा कानूनमन्त्रीको आग्रहः संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ

    समितिमा कानूनमन्त्रीको आग्रहः संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ

    301
    Shares
    समितिमा कानूनमन्त्रीको आग्रहः संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गरेका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेश गर्न समितिसमक्ष आग्रह गरे । उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए ।

    उनले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ । भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ । किनभने संसदभित्र बिजनेस छैन । भोलि केही नेपाल ऐन संशोधनसम्बन्धी बनेको विधेयकमाथि छलफल गरौँ । कतिसम्म सहमति हुन सकिन्छ ।’

    मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend