logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुर हिल्स हाउजिङ सकार्ने

    सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुर हिल्स हाउजिङ सकार्ने

    2.1K
    Shares
    सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुर हिल्स हाउजिङ सकार्ने

    काठमाडौं । कर्मचारी सञ्चय कोषले ललितपुर इमाडोलस्थित सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ प्रालिको गैरबैकिङ सम्पत्ति आफ्नो नाममा ल्याउन प्रक्रिया अघि बढाएको छ । बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि अन्ततः सञ्चय कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवनहरू आफ्नो नाममा ल्याउन लागेको हो ।

    कोहिनुर हिल्सका सञ्चालक बस्नेतले पटक पटक पटक समय दिँदा पनि ऋण नतिरेपछि अब सम्पत्ति सकार्न लागेको सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सुनौलो नेपाललाई बताए । उनले उच्च अदालत पाटनले समेत सञ्चय कोषको पक्षमा फैसला गरेकाले अब सम्पत्ति सकारेर ऋण उठाउन लागेको जानकारी दिए ।

    प्रशासक धितालका अनुसार कोहिनुर हिल्समा लगानी गरेको नबिल बैंकले गैरबैकिङ सम्पत्ति आफ्नो नाममा लिइसकेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि सम्पत्ति सकार्ने प्रक्रिया अघि बढाएको छ ।

    कोषले इमाडोलमा कोषको नाममा दृष्टिबन्धक रहेको १० रोपनी ९ आना २ दाम र त्यसमा निर्माणाधीन आवासीय भवन सकार्ने भएको हो । यसअघि कोषले पटक पटक लिलामीको सूचना प्रकाशित गरेपछि अदालतमा गएर उनले लिलामी रोक्न सफल भएकोमा पछि बस्नेतको विपक्षमा फैसला आएको थियो ।

    लिलाम सूचना प्रकाशित भएपछि २०७९ फागुनमा सञ्चालक बस्नेत ऋण तिर्ने भन्दै सञ्चय कोष पुगेका थिए । ऋण नतिरी बसेका बस्नेतले लिलामी प्रक्रिया अघि बढेपछि सञ्चय कोष पुगेर तत्काल केही रकम बुझाएर बाँकी ‘सेटलमेन्ट’ गर्ने भनेका थिए ।

    कोेषका प्रशासक धितालका अनुसार कोहिनुर हिल्सको साँवा र ब्याजसमेत गरी कूल ऋण १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको हो । उसको साँवा र ब्याजसमेत गरी सवा अर्ब रुपैयाँ पुगेको हो ।

    यसबाहेक नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छुट्टै ऋण लगानी छ । केही टावर नबिल र केही टावर तथा जग्गा राष्ट्रिय वाणिज्य बैंकको नाममा छ । ऋण नतिरेपछि सञ्चय कोषले २०७९ माघ २० मा पनि बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलामी प्रक्रिया अघि बढाएको थियो ।

    सञ्चय कोषले बस्नेत, उनकी श्रीमती तथा कोहिनुरको नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लिलामीको सूचना निकालेको थियो। यसअघि २०७८ असारमा पनि सञ्चय कोषले लिलाम बिक्री गर्न सूचना जारी गरी बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो ।

    बस्नेतले हाउजिङ परियोजना सम्पन्न गर्न सञ्चय कोषबाट १ अर्ब १५ करोड रुपैयाँ थप ऋण स्वीकृत गरेका थिए । त्यही बीचमा अन्य बैंकले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियाे । त्यसपछि बस्नेतले कोषबाट बाँकी ऋण पाएनन् ।

    कोषबाट प्रस्ताव गरेको ऋण पाएपछि सबै हाउजिङ परियोजना सम्पन्न गर्ने उनको योजना त्यही कारण पूरा भएन । बैंकहरूको कालोसूचीमा परेपछि सञ्चय कोषले ऋण नदिँदा बस्नेत वित्तीय संकटमा परेका थिए । त्यसपछि बस्नेतले अघि बढाएका सबै बिजनेस चौपट हुन पुग्यो ।

    ओरेन्टलले बचतकर्ताको अर्बौ फिर्ता गर्न बाँकी

    बस्नेतले सञ्चालन गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेड लामो समयदेखि बन्द छ । ओरेन्टलमा बचतकर्ताले अझैसम्म पैसा फिर्ता पाएका छैनन् । बस्नेतले जग्गा दिइ ठूला बचतकर्ताको रकम हिसाव मिलानको प्रस्ताव पेस गरेका थिए ।

    जग्गा लिन चाहाने ठूला बचतकर्तालाई निवदेन दिन समस्याग्रस्त सहकारी व्यवस्थापन सिमितिको कार्यालयले भनेको थियो ।
    सहकारी समस्याग्रस्त भएपछि सुधीरको सबै जग्गा रोक्का छ । सहकारी विभागले २०७४ कात्तिक २० मा ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    सहकारी विभागले २०७४ कात्तिक २० मा ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । बस्नेतले अग्नि यातायात पनि सञ्चालन गरेका थिए। त्यो पनि पछि बन्द हुन पुग्यो। विभागको घोषणाविरुद्ध सर्वोच्च अदालतमा ओरेन्टल मुद्दा लिएर गएको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७६ फागुन ११ गते सहकारी पूर्ववतस् सञ्चालन गर्न र समस्याग्रस्त सहकारी समितिले नहेर्ने भनी फैसला गरेको थियो ।

    सर्वोच्चको आदेश बमोजिम सहकारी पूर्ववत सञ्चालन नभएको, साधारणसभा नराखेको, लेखापरीक्षण नगराएको, बचतकर्ताको पैसा फिर्ता नगराएको, सरकारलाई प्रतिवेदन पेस नगरेको भनी सहकारी विभागले पटक–पटक जवाफ माग गरेको थियो ।

    विभागलाई समेत अटेर गरेपछि मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक २०७९ असोज ७ मा समस्याग्रस्त घोषणा गरिएको थियो। तत्कालीन मन्त्री शशि श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेका थिए।

    ओरेन्टलसँग ७ हजार ६ सय ४६ जनाले बचत फिर्ता माग गरी पाउँ भनी समितिमा निवेदन दर्ता गराएका छन्। दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि पनि बस्नेत समितिका विरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत गएका थिए । बस्नेतले गत असार १३ गते मुद्दा फिर्ता लिई समितिलाई सहयोग गर्ने भन्दै आएका थिए।

    कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओरेन्टलकै छाताबाट सञ्चालनमा रहेको छानबिनका क्रममा पुष्टि भएको छ ।

    यो पनि :

    जग्गा दिएर ओरेन्टलका ठूला बचतकर्ताको हिसाव मिलान गर्न सुधीर बस्नेतको प्रस्ताव

    सुधीर बस्नेतको स्वामित्वमा रहेको कोहिनुर हिल हाउजिङ लिलामीमा

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend