logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सुधीर बस्नेतको स्वामित्वमा रहेको कोहिनुर हिल हाउजिङ लिलामीमा

    सुधीर बस्नेतको स्वामित्वमा रहेको कोहिनुर हिल हाउजिङ लिलामीमा

    2.8K
    Shares
    सुधीर बस्नेतको स्वामित्वमा रहेको कोहिनुर हिल हाउजिङ लिलामीमा

    ललितपुर । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो । कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ । कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ ।

    कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ । पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको जनाएको छ ।

    यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो । हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend