logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

    पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

    1.5K
    Shares
    पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

    काठमाडौं । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।

    पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तािन पटक विव कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ । होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लवले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।

    तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताए ।

    गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो । यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ । खेल मंगलवार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend