logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु

    भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु

    700
    Shares
    भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ । समितिको आईतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल शुरु गरेको हो ।

    दफावार छलफल शुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरुले आफ्नो संशोधनको व्यहोरा राखेका थिए । सभापति रामहरी खतिवडाले संशोधनकर्ता सांसदहरुले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए ।

    लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाएका थिए । सांसदहरुले प्रश्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रश्ताव नगरेपछि बैठकले प्रश्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।

    विधेयकको प्रश्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ ।

    संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण(पहिलो संशोधन) ऐन २०७६’ रहेको छ” भनि उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।

    समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरुको सन्दर्भमा आयोगका पदाधिकारीहरुलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी र्दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend