logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको छु : प्रधानन्यायाधीश श्रेष्ठ

    न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको छु : प्रधानन्यायाधीश श्रेष्ठ

    497
    Shares
    न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको छु : प्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । कानून व्यवसायी परिुषद्को ३१ औं वार्षिकोत्सवको अवसरमा आईतवार काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरणको निर्माण गर्दै सेवाग्राहीहरुको अपेक्षाअनुरुपको कार्य सम्पादन र सेवा प्रवाहमार्फत आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न न्यायपालिका लागि परेको बताए । उनले न्याय क्षेत्रको सुधार र स्तरोन्नतिका लागि तथा नागरिकका न्यायपालिकाप्रतिका अपेक्षाहरुको सम्बोधन अदालतको एक्लो प्रयासले मात्र सम्भव नरहेको बताए ।

    उनले न्याय क्षेत्रमा आवद्ध सबै निकायहरुको संस्थागत क्षमता, व्यवसायिकता, उच्चस्तरको लगन, मेहनत, जिम्मेवारीप्रतिको स्वामित्ववोध, जवाफदेहीता र प्रतिवद्धताबाट मात्रै सकारात्मक परिणाम दिन सकिने बताए ।

    उनले नागरिकको अपेक्षाको स्तरअनुसार काम हुन नसके जनताको नजरमा भरोसायुक्त नहुने जिकिर गरे । उनले न्याय क्षेत्रका समस्या र चुनौतिहरु सबैका साझा समस्या र चुनौति बन्नुपर्ने बताए । उनले सुदृढ न्यायपालिका र सक्षम एवं समृद्ध न्याय प्र्रणालीको लागि सबैले योगदान गर्नुपर्ने बताए ।

    उनले भने, ‘न्याय क्षेत्रको सुधार र स्तरोन्नतिका लागि तथा नागरिकका न्यायपालिकाप्रतिका अपेक्षाहरुको सम्बोधन अदालतको एक्लो प्रयासले मात्र सम्भव छैन । यस क्षेत्रमा आवद्ध सबै निकायहरुको संस्थागत क्षमता, व्यवसायिकता, उच्चस्तरको लगन, मेहनत, जिम्मेवारीप्रतिको स्वामित्ववोध, जवाफदेहीता र प्रतिवद्धताबाट मात्रै सकारात्मक परिणाम दिन सकिन्छ ।

    नागरिकको अपेक्षाको स्तर हामीले आफ्नो भुमिका र जिम्मेवारी पूरा गर्न सकेनौँ भने जनताको नजरमा हामी विश्वस्त देखिन सक्दैनौँ । विश्वस्त हुने वातावरणको निर्माण गर्नुपर्छ । न्याय क्षेत्रका समस्या र चुनौतिहरु हामी सबैका साझा समस्या र चुनौति बन्नुपर्छ । साथै तिनको सम्बोधन गर्न हामी सबैको साझा प्रयास र प्रतिवद्धता रहनुपर्दछ ।

    आजको विशेष दिनमा म सुदृढ न्यायपालिका र सक्षम एवं समृद्ध न्याय प्र्रणालीको लागि हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नसकौँ । न्यायपालिकाप्रति विश्वस्त हुने वातावरणको निर्माण गर्दै सेवाग्राहीहरुको अपेक्षाअनुरुपको कार्य सम्पादन र सेवा प्रवाहमार्फत आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न न्यायपालिका लागि परेको छ ।’

    न्यायपालिकाको सुधारको मार्गचित्रसहित तर्जुमा भएको योजनासमग्र न्याय क्षेत्रको साझा दस्तबेज बन्नुपर्ने उनले बताए । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितताको लागि सुदृढ कानून व्यवसायी त्यत्तिकै अपरिहार्य रहेको उल्लेख गरे । उनले कानून व्यवसायीहरुको सक्षमता, सुदृढताले नै न्याय सम्पादन प्रभावकारी बन्नसक्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend