logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पटक-पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम

    पटक-पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम

    252
    Shares
    पटक-पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।

    उनले हवाई दुर्घनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाई गर्न नसकेको बताइन् । उनले नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन् ।

    उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन् ।

    उनले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन् । उनले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताइन् । उनले नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन् ।

    उनले हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गरिन् ।

    उनले भनिन्, ‘हवाई दुर्घनाको विषय आजसहित छैटौ पटक उठान गरिरहेको छु । नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको छ । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ । सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिनु भयो तर विधेयक संसदमा आएको छैन ।

    यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ । त्यसमा प्रष्टसँग सुन्न सकिन्छ । लापरबाही भएको छ । हवाई यात्रामा कति यात्रुहरुले ज्यान गुमाउनुपर्ने हो । नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ । नेपालको हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले गरिरहेको छैन ।

    नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनाले स्पष्ट बताउँछ । इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिनु सबै कारणले नेपालको हवाई नियमन गर्ने निकाय र सिस्टम फेल भएको छ । अब नेपाली आकाशमा नेपाली र विदेशी यात्रुहरु दुर्घटना परेको समाचार सुन्न नपरोस् ।

    नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुपर्छ । संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्नसक्यौं ।’

    उनले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्न सक्नुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend