logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई सरकारले तत्काल अनुसन्धान गर्नुपर्छ : गगन थापा

    सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई सरकारले तत्काल अनुसन्धान गर्नुपर्छ : गगन थापा

    1.7K
    Shares
    सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई सरकारले तत्काल अनुसन्धान गर्नुपर्छ : गगन थापा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा उनले करोडौं सहकारीमा ठगी गरेका तत्कालिन गृहमन्त्री लामिछाने तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् ।

    तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उहाँमाथि छानविन गर्नुपर्ने बताए ।

    उनले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताए ।

    उनले प्रतिपक्षमा रहँदा गिरिबन्धु टि स्टेट, भूटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहोर्याए ।

    महामन्त्री थापाले भने, ‘जतिसुकै बलियो होस्, जतिसुकै पहुचवाला होस् । तर अनुचित लाभ पनि एक रुपैयाा पनि लिन दिन्नौं । राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिन्नौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ । विश्वास दिलाउनु पर्छ ।

    २०८० साल चैत्र ६ गते पोखरा महानगरपालिकाले सूर्य दर्शन सहकारीको बारेमा एउटा अध्ययन गर्यो । त्यो अध्ययनलले नामै किटेर माननीय रवि लामिछानेले एक करोड रकम जम्मा गरेको देखियो । यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा माग २२ गते पीडितहरुले पोखरामा गएर जाहेरी दिन गए ।

    प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेर भएको पुरक जाहेरी भनिदियो । पछि गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो । त्यसकारण रमेश लेखकले त्यहाँ उभिएर के भन्नु भएको थियो भने यो प्रमाण हो सम्माननीय सभामुख महोदय । यो प्रमाण होइन भने के हो प्रमाण ? यो प्रमाणको आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नुपर्छ भनेर उहाँले यहाँ उभिएर भन्नुभएको थियो ।

    अहिले यतातिर पुग्नुभएको छ । अब सरकार फेरियो, कुरा फेरिन्छ ? फेरिन्न । सम्माननीय सभामुख महोदय, यो सदनमा हामी पनि छौं । हामी त्यहाँ बस्दा एउटा, यहाँ बस्दा अर्को भन्दैनौं । यता बस्दैगर्दा गिरिबन्धु देख्दै नदेख्ने, डेडिकेटेड टं«कलाइन देख्दै नदेख्ने, बसेर सहकारी मज्जाले ठग्ने, उता बसेपछि सबै देख्ने होइन । हामी उता बस्दा पनि त्यही हो, यता बस्दा पनि त्यही हो ।

    गिरिबन्धुको पनि जे हो, त्यही हुनुपर्छ, भूटानीको पनि जे हो, त्यही हुनुपर्छ । डेडिकेटेडमा पनि सरकार, राज्य कहीँ पनि ठगिनु हुन्न । सहकारी ठगलाई पनि अनुसन्धान गर्नैपर्छ । जो जतिसुकै शक्तिशाली होस् । म को हुँ भनेर सरकारले त यसरी प्रमाणित गरेर देखाओस् ।’

    महामन्त्री थापाले डेडिकेटेड टं«कलाइनको वक्यौता रकम राज्य नठगिने गरी असुली गर्न पनि सरकारलाई दबाब दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend